जाजरकोट । जाजरकोट जिल्ला प्रदेश सभाका सांसद राजीवविक्रम शाह जाजरकोट भूकम्प गएदेखि नै भूकम्प पीडितहरूको घाउमा मलहमपट्टि लगाउन निरन्तर जाजरकोटका विभिन्न गाउँबस्तीमा पुग्दै एक अभिभावकको भूमिका निभाउँदै आएका छन् । निरन्तर उनी जिल्लावासीका आवश्यकता पुरा गर्न यतिबेला गोर्खाकोट जुनिचादे गाउँपालिका वडा नम्बर-६ बुढिडाडा तर्फ लागेका छन् । यहाँ गाडीको सुविधा छैन ।
एक दिनसम्म हिँडेर जानु पर्ने भएका कारणले पनि आजसम्म कुनपनि सरकारी निकास तथा दाताहरू यहाँ आइपुगेका छैनन् । भूकम्पले ठुलो मात्रामा क्षति पुगाएको ठाउँमा पीडित जनताको सहारा बनेर फेरि आफैले त्रिपाल र केही थान जाडोका कपडा सहित बोकेर जाँदैछन् । अघिल्लो पटक विभिन्न दाताहरूले पठाएको राहत वितरण होस या बिरामी घाइतेहरूको बन्दोबस्तिमा होस जाजरकोटका टोल बस्तीमा शाह नपुगेको कमै स्थान छन् ।
निरन्तर तपाईँहरू कै दुखमा साथमा हुने नै छ भन्दै शाहले आफ्ना नागरिकसँग बाचा समेत गरेका छन् । भूकम्प पीडितहरूको राहतको लागि अझै थप पहल गर्ने भन्दै शाहले भाटभटेनी सुपर मार्केटको सहयोगबाट भुकुम्प पडितका लागि आएको सामाग्री प्रमुख जिल्ला अधिकारीको सिफारिसमा छेडागाडमा १ ट्रक ,शिवालयमा १ ट्रक, जुनिचादेमा १ ट्रक, कुशेमा १ ट्रक वडा अध्यक्ष र पालिका अध्यक्षलाई जिम्मेवारी दिएर पठाएर पीडितहरूलाई यो चिसोबाट बचाउने पवित्र कार्य गरेका छन् ।
उनले अर्ना कम्पनीबाट सहयोग स्वरूप आएको राहत ९५० पिस महिलाका लागी जाडोमा न्यानो हुने सल २११ थान त्रिपाल ३३० दोलाइ, ५०० पिस स्वइटर लगायत चामल, दाल, नुन, तेल इत्यादि सामाग्रीहरू जुनिचादे पठाएका छन् । खाल्सा एडको सहयोगमा अति प्रभावित क्षेत्रहरूमा ३ महिना सम्म खाना खुवाउने व्यवस्था समेत शाहले मिलाएका छन् ।
भूकम्पबाट पीडित तथा घाइतेहरूको उद्धारमा रातदिन खटेर लागि परेका शाहले घाइतेहरूलाई उपचारका लागि सुर्खेत नेपालगञ्जका अस्पताल सम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था गर्नुका साथै स्थानीय स्तरका अस्पतालहरूमा उपचार गराईरहेकाहरुलाई समेत केही कमी हुन नदिन अस्पताल सम्म पुगी त्यहाँको वास्तविकता र बिरामीहरूको स्थलगत भेटघाट समेत गरेका थिए ।
नेपाली कांग्रेस जाजरकोटबाट प्रदेश सभा ख मा उम्मेदवारी दिई विजयी भएका शाहले जाजरकोट नलगाडनगरपालिका १ चिउरीको झम्ले गाउँका बालबालिकाहरू लगायत भूकम्पमा परेर अनाथ भएका बालबालिकाहरूलाई उनीहरूको पठन पाठनका लागी माइती नेपालसंग समन्वय भइरहेको समेत शाहले बताएका छन् ।
आफ्ना जिल्लावासी कोही पनि नआत्तिन आग्रह गर्दै शाहले संघिय राजधानिमै रहेर आफूले प्रधानमन्त्री, मन्त्री र विभागीय सचिवहरूसँग निरन्तर छलफल, वार्ता र भेटघाटलाई तीव्रता दिएका शाहले पछिल्लो समय आफ्ना नागरिकलाई चिसोबाट कसरी बचाउने भन्ने चिन्तामा रहेका छन् । भएका सरसामानहरू भूकम्पसँगै पुरिए राहतमा आएकाले समेत चिसोबाट ओत लाग्न मुस्किल परेको भन्दै माननीय सांसद शाहले राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका छन् ।
संवाददाताहरुसँग जाजरकोटको पछिल्लो अवस्थाबारे जानकारी दिँदै शाहले चिसो र निमोनियाबाट बालबालिका र वृद्ध वृद्धालाई जोगाउन मुस्किल परिरहेको र ४ जनाले ज्यान समेत गुमाइसकेको उल्लेख गर्दै थप ज्यु ज्यानको क्षति हुन नदिन आफूले सरोकारवाला निकायसँगको समन्वयमा निरन्तर न्यानो कपडा वितरणलाई तीव्रता दिने बताएका छन् । आफ्नो पराई भन्दा पनि बढी आवश्यकता कहाँ हुन्छ त्यो आधारमा थप राहतका सामाग्री वितरण गरिने समेत शाहले बताउँदै आएका छन् । उनीसँगै कुन्दन काफ्लेसहित नेपाली कांग्रेसको टोली पनि उद्धार, सहयोग र पुननिर्माणमा सक्रिय छ ।
प्रतिकृया दिनुहॊस