कोरियन भाषा परीक्षामा सहभागी ३२ हजारमध्ये चार हजार उत्तीर्ण

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ४ हजार ९८ जना पास भएका ईपीएस कोरिया शाखाले जनाएको छ ।

सोमबार सूचना प्रकाशित गरी ईपीएस कोरिया शाखाले असोज १ गतेदेखि मंसिर ७ गतेसम्म सम्पन्न भएको सिपबुइल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा आज (मंसिर ११ गते) प्रकाशन भएको जनाएको छ ।

पास भएका ४ हजार ९८ जनामध्ये ३ हजार ९०१ जना पुरुष र १९७ जना महिला छन् । परीक्षामा ३३हजार २०१ पुरुष र २ हजार २७७ जना महिला सहभागी थिए ।

पहिलो चरणको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट एण्ड कम्पिटेन्सी टेस्टको परीक्षा हुनेछ । सो परीक्षामा उत्तीर्ण भएपछि मात्रै अन्तिम नामावली प्रकाशित हुने ईपीएस शाखाले जनाएको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन उम्मेदवार छनौटका लागि एचआरडी सर्भिस अफ कोरियाले सो परीक्षा लिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्थानीय तहहरूलाई निर्वाचन आयोगको निर्देशन- मतदानस्थलमा खानेपानी, शौचालय र विद्युत्को व्यवस्था गर्नू

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, …

प्रतिकृया दिनुहॊस