बालकुमारी घटनाको विरोधमा सुर्खेतमा आन्दोलन चर्कियो

काठमाडौं । ललितपुर बालकुमारीमा प्रदर्शनको क्रममा दुईजनाको मृत्यु भएको विषयलाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन भइरहेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

शनिबारदेखि सुरू भएको आन्दोलन आज पनि जारी राखिएको छ । माग पूरा नभएसम्म आन्दोलन नरोक्ने नवीन योगीले बताए । आइतबार बिहान वीरेन्द्रनगरका मुख्य सडक एरिचोक, मंगलगढी र वीरेन्द्र चोकमा सरकारी सवारीसाधन अवरुद्ध पारियो । निजी भने फाटफुट चलेको थियो । त्यस क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको छ । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरूमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनकारीले पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । मृतक युवाहरूलाई शहीद घोषणा, घोषणाको माग गरेका छन् । साथै, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने माग छ ।

आन्दोलनमा मृतकका आफन्त, विभिन्न राजनीतिक दलका कार्यकर्ताहर सहभागी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस