मन्त्रीको लापरबाहीले दुई जनाको ज्यान गयो : गगन थापा

काठमाडौं । सत्तारुढ दल कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीले ललितपुरको बालकुमारी दुईजना युवाको मृत्यु भएको बताएका छन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले मन्त्रीले उक्त घटनाका बेला चरम लापरबाही गरेको बताए । ‘त्यो जबरजस्ती गर्ने काम भएको छ मन्त्रीबाट’ उनले भने, ‘मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना ज्यान गयो ।’ उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए।

शुक्रबार भएको घटनामा दुई सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस