नेपालका दलहरूको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भए पनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको दावी गरेका छन् ।

उनले नेपालका दलहरूबीचको सम्बन्ध देखेर विदेशीहरू छक्क पर्ने गरेको सुनाए । सोमबार राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो । उहाँ राजनीतिमा मात्रै होइन, अरू धेरै कुरामा उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो,’ देउवाले बीपीका बारेमा भने, ‘उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठीकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएको व्यक्ति हो, त्यहीकारण हामीलाई यो उच्चसम्मान र श्रद्धाले सम्झिन्छौँ । अहिले पनि हामीभित्र मेलमिलापको भावना कायम छ ।’

उनले दलहरूले वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा गरे पनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकतावद्द हुने अभ्यास गर्नुपर्ने बताए । ‘हाम्रा आफ्ना मतभेदहरू, पार्टीका वैचारिक मतभेदहरू र पार्टीगत मतभेदहरू आफ्नो ठाउँमा छन् । राम्रो कुरा के छ भने सबै पार्टीहरू एकै ठाउँमा बस्ने परम्परा बनेको छ । यस्तो देख्दा मान्छेहरू छक्क पर्छन् । विदेशीहरू पनि छक्क पर्छन्,’ देउवाले अघि भने, ‘प्रतिस्पर्धाका बाबजुद एकअर्काप्रति हाम्रो सद्भाव र मेलमिलाप पनि छ । बोलीचालीको बातावरण, भाइचाराको वातावरण जो छ, यस्तो धेरै कम देशहरूमा मात्रै छ ।’ उनले गणतन्त्रको विकल्प गणतन्त्र मात्रै हुने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस