समाचार

धारिलो हतियार प्रहार गरी बुबाको हत्या छोराद्वारा

चितवनको कालिका नगरपालिका २ पदमपुरका ४८ वर्षीय भूमिनन्द दुलालको हत्या उनका छोरा अन्जनले धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । बुधबार दिउँसो बुबा छोरा मादक पदार्थ सेवन गर्न बसेको बेला अन्जनले पल्सर मोटरसाइकल किन्न रकम मागेका थिए । बुबाले रकम नदिने अडान लिए  पछि अन्जनले सम्पतिजति सबै छोरीहरुलाई मात्र दिएको भन्दै झगडा सुरु गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानाका लागि राति नै दुलालका श्रीमती, छोरा, दुई छोरी र ज्वाइँलाई नियन्त्रणमा लिइएको छ ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिवमा भानु देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालय विस्तार गरेका छन् । प्रधानमन्त्रीको प्रमुख स्वकिय सचिवमा भानु देउवा नियुक्त भएका छन् । लामो समयदेखी देउवाको निजी स्वकिय सचिवका रुपमा कार्यरत थिए । देउवाले विरेन्द्र थापालाई पनि स्वकिय सचिवमा नियुक्त गरेका छन् ।  उनले केशव जोशीलाई पनि स्वकिय सचिवमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीले पहिलो चरणमा दिनेश भट्टराईलाई परराष्ट्र सल्लाहकार तथा गोविन्द परियारलाई वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक) का रुपमा नियुक्त गरेका थिए …

पुरा पढ्नुहॊस »

प्रधानन्याधीशमा गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । व्यवस्थापिका– संसद्, संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।बैठकले उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य रहेको ठहर गर्दै कामु प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदन गरेको हो ।

पुरा पढ्नुहॊस »

आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै

काठमाडौं । आज साउने संक्रान्ति पर्व  देशभर  मनाईंदैछ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् । साउन महिना   महिलाहरु हातमा हरिया चुरा र मेहन्दी लगाएर सजिएका हुन्छन् । प्रेम, वर्षा र झरीको सँगम साउन महिना, महिलाहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । विवाहित देखि अविवाहित महिलाहरुले हातमा …

पुरा पढ्नुहॊस »

गाेर्खाल्याण्ड अान्दाेलन उग्र

काठमाडाैं  ।भारतको दार्जीलिङमा आन्दोलनकारीले आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना ३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका छन्।टिस्टा ३ जलविद्युत परियोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको छ । आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् ।

पुरा पढ्नुहॊस »

काठमाडौंको शंखमुलमा पार्किङमा राखिएको कारभित्र एक जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको शंखमुलमा पार्किङमा राखिएको कारभित्र एक जना मृत अवस्थामा फेला परेका छन् ।सडक छेउमा पार्किङ्ग गरि राखिएको  कारमा मृत अवस्थामा  शंखमुलका ४२ वर्षिय  पुण्यराज पाण्डे भेटिएका हुन ।उनको मृत्यु  के कारण भएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

चुडामणि शर्मालार्इ सर्वोच्च अदालतमा उपस्थित

काठमाडाैं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ सर्वोच्च अदालतमा उपस्थित गराएको छ। भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो ।शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोप सहित आजै मुद्दा दर्ता हुनेछ।

पुरा पढ्नुहॊस »

श्रम समितिको सभापतिमा जेबी टुहुरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जुठबहादुर खड्गी (जेबी टुहुरे) संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको सभापतिमा निर्वाचित भएका छन् । समितिको बिहीबार बसेको बैठकले सांसद खड्गीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । यसअघि माओवादी केन्द्रकै प्रभु शाह यो समितिको सभापति थिए । नयाँ सरकार गठनसँगै उनी सहरी विकासमन्त्री भएपछि सभापति पद रिक्त थियो । आजको समितिको बैठकमा कांग्रेसका भरतबहादुर खड्काको प्रस्ताव र माओवादी केन्द्रका गणेशमान पुनको समर्थनमा खड्गी निर्विरोध …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीमा जानेले दुईवटा बैंक खाता खोल्नैपर्ने

काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीले अब अनिवार्य रुपमा दुईवटा बैंक खाता खोल्नुपर्ने प्रावधान सरकारले ल्याउने भएको छ । दुई खातामध्ये एउटा आफ्नो नाममा हुनेछ भने अर्को परिवारका नाममा । श्रममन्त्री फरमुल्लाह मन्सुरले उपभोग मै रेमिट्यान्स सकाउने क्रम रोक्न दुई आताको अवधारणा ल्याइएको बताए ।   उनले भने, ‘वैदेशिक रोजागारीमा गएका व्यक्तिले अहिले पनि हुण्डीबाट पैसा पठाउने गरेका छन् । यो रोक्नलाई दुईवटा बैंक खाता अनिबार्य रुपमा खोल्नुपर्ने व्यवस्था गर्दैछौं …

पुरा पढ्नुहॊस »

महाअभियोगको प्रस्तावविरुद्धको रिट संवैधानिक इजलाशमा

काठमाण्डौ । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध  दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो ।  

पुरा पढ्नुहॊस »