काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणको काम आजदेखि सुरु भएको छ । आउँदो आइतबार हुने चुनावका लागि आजदेखि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ । आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ । ३२ जिल्लामा मंसिर १० …
पुरा पढ्नुहॊस »बन्दकाे हल्लाले उपत्यकाको सवारी आवागमन प्रभावित
काठमाडौं ।बन्दकाे हल्लाकै भरमा शुक्रबार बिहानैदेखि काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबारका लागि बन्द आह्वान गरेको हल्ला चलेपछि उपत्यकाको सवारी आवागमन प्रभावित बनेको हो । यद्यपि, बन्द आह्वानकर्ता भनिएका विप्लव माओवादी र लेनिन बिष्ट नेतृत्वको पूर्वमाओवादी लडाकु समूहले बिहीबार नै बन्द आह्वान नगरेको विज्ञप्तिमार्फत प्रष्ट पारेका थिए । बन्द आह्वानकर्ता भनिएकाहरुले नै बन्द नरहेको प्रष्ट पारे पनि हल्लाकै कारण बिहानैदेखि सवारीको चापाचाप हुने …
पुरा पढ्नुहॊस »३२ जिल्लाका शैक्षिक संस्था आज देखि चारदिनसम्म बन्द
काठमाडौं। मंसिर १० गते पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था आजबाट बन्द भएका छन् । सरकारले चुनावका लागि चार दिनसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय गरेको थियो ।
पुरा पढ्नुहॊस »उपत्यकामा सुरक्षा बढाइयो
काठमाडौं । निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुनसक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ । महानगरी प्रहरी आयुक्त कार्यालयबाट प्राप्त जानकारी अनुसार काठमाडौंका …
पुरा पढ्नुहॊस »सप्तरीमा हात, खुट्टा र टाउको काटिएको शव फेला
सप्तरी । सप्तरीको हनुमाननगर-कंकालनी नगरपालिकामा एक जना महिलाको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हनुमाननगर-कंकालनी नगरपालिका ५ स्थित १ नम्बर योगिनियाँस्थित कोशी नदी छेउमा महिलाको शव फेला परेको हो । हात, खुट्टा तथा टाउको काटिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । महिलाको दुबै हात काटेर उत्तरतर्फ, खुट्टा काटेर दक्षिणतर्फ र शरीर र टाउको काटेर पूर्वतर्फ छुट्टाछुट्टै ठाउँमा फ्याँकिएको …
पुरा पढ्नुहॊस »एमबीबीएस प्रवेश परीक्षा रद्द, विद्यार्थी तनावमा
काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ । साथै प्रवेश परीक्षाको नयाँ मितिबारे आईओएमको वेभसाइटमार्फत जानकारी दिइने आईओएमले जनाएको छ । प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा …
पुरा पढ्नुहॊस »कांग्रेस उम्मेदवार चढ्ने गाडीमा बम बिस्फोट
सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो । सोमबार बिहान साढे पाँच बजे भएको बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ । सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको गाडीमा बम विस्फोट …
पुरा पढ्नुहॊस »प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती
काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । तस्विरःनागरिकन्यूजबाट
पुरा पढ्नुहॊस »पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो । पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने विद्यार्थी हुन् ।
पुरा पढ्नुहॊस »माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक इन्टरनेशनल अस्पतालमा
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक इन्टरनेशनल अस्पताल पुगेका छन् । उनका साथमा पत्नी सीता दाहाल पनि अस्पताल पुगेकी छिन् ।प्रकाशको आज बिहान निधन भएको हो । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।
पुरा पढ्नुहॊस »