आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै

काठमाडौं । आज साउने संक्रान्ति पर्व  देशभर  मनाईंदैछ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् । साउन महिना   महिलाहरु हातमा हरिया चुरा र मेहन्दी लगाएर सजिएका हुन्छन् । प्रेम, वर्षा र झरीको सँगम साउन महिना, महिलाहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । विवाहित देखि अविवाहित महिलाहरुले हातमा हरिया चुरा र मेहन्दी लगाएर सजिएका देख्न पाइन्छ । त्यस्तै गरी विवाहित र अविवाहित महिलाहरु साउन महिनाको प्रत्येक सोमवार व्रत बस्ने गर्दछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री