सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि यातायात आवागमन पूर्ण रुपमा बन्द भएको
पुरा पढ्नुहॊस »भक्तपुरका मिनिबस सञ्चालकले भित्र्याए ठूला बस, साझासँग प्रतिस्पर्धा
काठमाडौं । केहीअघिसम्म सार्वजनिक यातायातमा भक्तपुरको यात्रा निकै कष्टकर हुन्थ्यो । ५० वर्ष पुराना ‘हिप्पी’ बस वा मिनिबसमा सिट नै पाइहाले पनि अगाडिको सिटमा घुँडा ठोक्काउनु, नभए उभिएर यात्रा गर्नुको विकल्प थिएन । २० वर्ष पुराना गाडी गुडाउन नपाउने नियमसँगै हिप्पी बसहरु हटेपनि मिनिबसको विकल्प थिएन । तर, अघिल्लो साताबाट भने भक्तपुरबासीले पनि ठूला बसमा सहज यात्रा गर्न पाउन थालेका छन् । साझा यातायातको जस्तै ठूला हिरियो रंगको बस …
पुरा पढ्नुहॊस »भरतपुरको मतपत्र च्यातिएको बारे सर्वोच्चमा सुनुवाई हुँदै
काठमाडौँ । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गरेर परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । जेष्ठ १४ गते वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । निर्वाचन आयोगले भने मतपत्र च्यातिएकाले पुनः मतदान गराउने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध सोही वडामा एमालेका तर्फबाट सदस्यका उम्मेदवार बनेका गुञ्जमान बिकले सर्वाेच्चमा मुद्धा हालेका थिए ।
पुरा पढ्नुहॊस »जलविद्युत आयोजनाको खाल्डोमा परी बालिकाको मृत्यु
दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालीका–१ बलाचमा चमेलिया जलविद्युत्त आयोजनाले खनेको खाल्डोमा परी एक बालिकाको ज्यान गएको छ । बलाचका हर्कबहादुर खडायतकी १० वर्षीया छोरी अनीशा खडायतको बजार जाँदैगर्दा आयोजनाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो । चमेलिया जलबिद्युत आयोजनाको निमार्ण कार्य गरिरहेको चाइना गेजुवा पावर अफ कम्पनीले आयोजनाका लागि आवश्यक ढुंगा, गिट्टी निकालेर बनेको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको प्रहरी चौकी बलाचका प्रहरी नायवनिरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी …
पुरा पढ्नुहॊस »प्रेम गरेकै नाममा रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपिट भिडियो सहित
रुपन्देहीको सम्मरीमार्य गाउँपालिका ६ डिहुलीकी युवतीमाथि निर्घात कुटपिट भएको हो । मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । घटना १५ दिन अगाडिको भए पनि स्थानीय युवाको मोबाइलमा खिचिएको भिडियो भने सामाजिक सञ्जालबाट ढिला मात्र सार्वजनिक भएको हो । भिडियो स्रोत: मनोज लामिछानेको फेसबुकबाट
पुरा पढ्नुहॊस »डोटीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु
डोटी सायल गाउँपालिका-१ मा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति घरमा सबै सुतिरहेका बेला घरमाथिबाट पहिरो आउँदा हरिमल भुलको घर भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै मृत्यु भएको छ । भने सिकिस्त घाइते हरिमल भुल र उनकी श्रीमति जमुनालाई स्थानीयबासीहरुको सहयोगमा उचारका लागि कैलालीको धनगढी लगिएको छ । भुलका एक छोरा र एक छोरी भने सकुशल छन् । घटनाको अध्ययनका लागि प्रहरी चौकी डौडबाट प्रहरीको टोली गएको छ ।
पुरा पढ्नुहॊस »करोडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए
सुर्खेत । केही वर्षअघि छाउपडी (रजस्वला) बार्ने चलनलाई ‘कुप्रथा’ भन्दै सरकारी तथा गैरसरकारी संस्थाले तामझामका साथ अभियान चलाए । रजस्वलाका बेला अलग्गै छाउगोठमा सुत्नुपर्दा ज्यानसम्म जान थालेपछि प्रदेश नम्बर ६ र ७ का जिल्लामा ‘छाउपडी उन्मूलन’ अभियान सञ्चालन भयो । त्यस क्रममा करौडौं रकम खर्चेर गाउँका ज्यानमारा छाउगोठ भत्काइए । तर, अभियान सेलाउँदै गएपछि छाउगोठ अहिले धमाधम ठडिन थालेका हुन् । छाउगोठ भत्काउँदा दैलेखमा मात्र तीन करोड रकम खर्च …
पुरा पढ्नुहॊस »मिलेमतोमा होटल एभरेस्टलाई रातो स्टिकर
काठमाडौं । पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ । व्यवस्थापनले होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको हो । होटल व्यवस्थापनले पर्यटन विभागका इन्जिनियरलाई आर्थिक प्रलोभनमा पारेर होटल बन्द गर्नुपर्ने गरी रातो स्टिकर दिन लगाएको होटलमा लामो समयदेखि काम गर्दै आएका पुराना एक कर्मचारी बताउँछन् । सन २०१५ अप्रिल २५ को भूकम्पपछि पहिलो पटकको सरकारी अनुगमन टोलीले …
पुरा पढ्नुहॊस »ढलमा बगेर मृत्यु भएकी विनिताको नाममा अक्षय कोष
काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले काठमाडौंको ढलमा बगेर मृत्यु भएकी विनिता फुयाँलको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । नेपालटारस्थित ढलमा बगेर ७ वर्षीया विनिता फुयालको गत शुक्रबार मृत्यु भएको थियो । फुयाल युरेका माविमा अध्ययनरत थिइन् । आफ्नो एक महिनाको तलब बराबरको रकमबाट अक्षय कोष स्थापना गर्ने र प्रत्येक वर्ष सो विद्यालयका विद्यार्थीहरुलाई विनिताको नामबाट पुरस्कार प्रदान गर्ने निर्णयमा आफू पुगेको उनले जानकारी दिए ।
पुरा पढ्नुहॊस »चूडामणिका ठाउँमा आन्तरिक राजस्व विभागमा किशोरजंग कार्की नियुक्त
काठमाडौं । चुडामणि शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक पठाएको छ । पछिल्लो समय सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव कार्कीले यसअघि पनि आन्तरिक राजस्व विभागमा काम गरिसकेका छन् ।
पुरा पढ्नुहॊस »