धारिलो हतियार प्रहार गरी बुबाको हत्या छोराद्वारा

चितवनको कालिका नगरपालिका २ पदमपुरका ४८ वर्षीय भूमिनन्द दुलालको हत्या उनका छोरा अन्जनले धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । बुधबार दिउँसो बुबा छोरा मादक पदार्थ सेवन गर्न बसेको बेला अन्जनले पल्सर मोटरसाइकल किन्न रकम मागेका थिए ।

बुबाले रकम नदिने अडान लिए  पछि अन्जनले सम्पतिजति सबै छोरीहरुलाई मात्र दिएको भन्दै झगडा सुरु गरेका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानाका लागि राति नै दुलालका श्रीमती, छोरा, दुई छोरी र ज्वाइँलाई नियन्त्रणमा लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री