काठमाडौं ।आज बिहान ७ः४३ मिनेट जाँदा ओखलढुङ्गामा ५.१ रक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको छ।
पुरा पढ्नुहॊस »सप्तरीमा अविरल वर्षाका कारण सयौं घर डुबानमा
शुक्रबार मध्यरातदेखि पहाडी भेगमा भएको अविरल वर्षाका कारण खाँडोलगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीको सयौं घर डुबानमा परेको छ। खाँडो, जिता, महुली, दुधेलालगायतका नदीमा आएको बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाउनुका साथै सडक, कल्भर्टलगायतका संरचनासमेत तहसनहस पारेर सप्तरीको जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाएको छ। तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका गाउँमा १ हजार ५ सयभन्दा बढी घर …
पुरा पढ्नुहॊस »रुकुमको भुमेमा माओवादी विजयी
रुकुमको भुमे गाउँपालिकामा अध्यक्षमा माओवादीका रामसुर बुढामगरले ३ हजार ४८२ मत र उपाध्यक्षमा मीनाकुमारी बुढाले ३ हजार ४९४ मत ल्याएर विजयी भएका छन् ।
पुरा पढ्नुहॊस »गुल्मी दरबार गाउँपालिकामा कांग्रेस विजयी
गुल्मीको गुल्मी दरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण भुसालले ४ हजार सात सय ५० मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »धनकुटा नगरपालिकाको वडाध्यक्ष पदमा नयाँशक्ति विजयी
धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्ष पदमा नयाँ शक्ति पार्टीका विकास घिमिरेले २९० मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »बझाङको थलारा गाउँपालिकामा एमाले विजयी
बझाङ । बझाङको थलारा गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर उपाध्याय २ हजार ७ सय ७८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम खातीले २ हजार ८१ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी
बाजुरा ।बाजुराको बडिमालिका नगरपालिकामा मेयरमा कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।
पुरा पढ्नुहॊस »झापाको कचनकबल गाउँपालिकावडा नम्बर १वडाध्यक्षमा राप्रपा विजयी
झापा । कचनकबल गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार लक्ष्मीनारायण यादव विजयी भएका छन् । यादवले ८६० मतका मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ७३२ मत आएको छ ।
पुरा पढ्नुहॊस »अमरगढी नगरपालिकामा एमाले विजयी
डडेलधुरा ।अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेको छ ।
पुरा पढ्नुहॊस »संखुवासभाको शिलिचोङमा कांग्रेस विजयी
संखुवासभाको शिलिचोङ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कुलुङले १८८१ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङले १३४७ मत ल्याएका छन् ।यस्तै उपाध्यक्ष्मा पनि कांग्रेसकै लालकुमारी कुलुङ १६९९ मतका साथ विजयी भएकी छन् । उपाध्यका निकटतम प्रतिद्वन्द्वी माओवादीकै देवी कुमारी राईले १४०८ मत ल्याइन ।
पुरा पढ्नुहॊस »