नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज गाई पूजा, गोवर्धन पूजा पनि

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा। शनिबार गाईगोरु र गोवर्धनपूजा गरिँदैछ । शनिबार ३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ । सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता भए पनि पञ्चाङ्ग निर्णायक विकास समितिले शनिबार एकै दिन गाईगोरुको पूजा गर्न निर्देश गरेको छ ।

प्रतिकृया दिनुहॊस