रुखमा अड्किएको अवस्थामा मृत फेला परे कुमाल

काठमाडौं । गुल्मीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका- ६ का २१ वर्षका टिकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गते कसैलाई जानकारी नगराई हिडेको प्रहरीले जनाएको छ ।

युवा सोही वडाको जङ्गलको भिरमा रुखमा अड्किएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप