काठमाडाैं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयू २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयू २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा वढाउन लागिएको खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन् ।
आफ्नै नीति लागू गराउन नसकेको सरकारले व्यवसायीको दवावमा अर्को निर्णय गर्न लागेको छ। यसमा वातावरण मन्त्रालयले मौन समर्थन जनाएको छ । भारतमा सार्वजनिक सवारीको आयू १५ र चीनमा ५ वर्ष मात्रै तोकिएको छ । तर, नेपालमा भने सार्वजनिक सवारी साधनको आयु हुँदैन भन्दै पुराना सवारीलाई पुरस्कृत गर्नेतर्फ नीति निर्माता नै लागेका छन् ।
तपाईंको प्रतिकृया




