कलेजोमा रोग लागेको कसरी थाहा पाउने ?

काठमाडाैं । अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ । कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो । तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था पनि आउन सक्छ ।

सामान्यतया कलेजोमा समस्या आउँदा हामीले ध्यान दिएका हुँदैनौँ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । थकान महसुस हुनु, अत्यधिक भोक लाग्नु कलेजो रोगको प्रारम्भिक लक्षण हुन् । सामान्यतया सुक्खापनले छाला चिलाउने गर्दछ। तर, सिरोसिसका कारण कलेजोले उत्पादन गर्ने पित रगतमा आउने हुँदा छाला चिलाउन सुरु गर्छ ।

त्यस्तै छालामा गिर्खा देखिनु, सानो चोट लाग्दा पनि धेरै रगत बग्नु, श्वास गनाउनु, अनुहारमा दाग आउनु पनि कलेजो रोगको लक्षण हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिभीको नतिजा आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी …

प्रतिकृया दिनुहॊस