काठमाडौंमा कारको ठक्करबाट १२ घाइते

काठमाडाैं । काठमाडाैंको  सुन्धारामा कारको ठक्करबाट १२ जना घाइते भएका छन्। नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया, जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेको प्रहरीले बताएको छ ।उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री