जाडोले कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

गौशाला । जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन् ।

जाडोले बेहोस भएका ठाकुरको उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । कापरको बुधबार घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जलेश्वर–५ का वडाध्यक्ष राकेश राउतले बताए ।

जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशङ्कर मिश्रले उनको परिवारलाई रु १५ हजार सहयोग गरेका छन् । जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने, शितलहर चल्ने र चिसो हावाका कारण चिसो बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई जहाज फेरेर भैरहवाबाट पोखरा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवाबाट कास्कीको पोखरा लगिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानमा रहेका सभापति लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा लगिएको हो ।

प्रतिकृया दिनुहॊस