जापानी विदेशमन्त्री कोनो पुसको अन्तिम साता नेपाल आउँदै

काठमाडाैँ । जापानका विदेशमन्त्री तारो कोनो पुसको अन्तिम साता दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयले नेपाली समकक्षी प्रदीप ज्ञवालीका निमन्त्रणमा जापानी विदेशमन्त्री कोनो पुस २५ गते काठमाडौंमा आउन लागेको जनाएको छ।

विदेशमन्त्री कानोले सोही दिन नेपाली समकक्षी ज्ञवालीसँग वार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपालमा रहँदा कानोले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टचार भेटवार्ता गर्ने छन्। मंसिरमा पहिलो साता जापान भ्रमणको क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले कोनोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

६ वर्षपछि जापानी विदेशमन्त्री नेपाल आउन लागेका हुन्। यसअघि सन् २०१२ मा तत्कालीन विदेशमन्त्री कोइचिरो गेम्बाले नेपाल भ्रमण गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अजरबैजान जाँदै राष्ट्रपति पाैडेल

काठमाडौं । बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन …

प्रतिकृया दिनुहॊस