काठमाडौं । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बिहान सकिएको छ।परिमार्जित प्रतिवेदनलाई अन्तिम रुप दिन अब सचिवालयमा पेस हुनेछ।
मंसिर २९ देखि जारी बैठकमा बैठकमा विशेषगरी सरकारको काम प्रभावकारी नभएको, एसिया प्यासिफिक समिटमा पार्टी नेताहरूको संलग्नता तथा विधानका विषयमा तीव्र आलोचना भएको थियो।
यस्तै बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा रामबहादुर थापा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकर पोख्रेल, वेदुराम भुसाल र लेखराज भट्ट रहेको सुझाव कार्यदल पनि गठन गरेको छ। पार्टी एकताको प्रक्रिया टुंग्याउन उक्त कार्यदलले सुझाव पेस गर्नेछ। कार्यदललाई सांगठनिक एकता टुंग्याउने गरी सुझाव दिन पुस महिनाभरको कार्यावधि तोकिएको छ।
तपाईंको प्रतिकृया




