गोपाल खड्काविरूद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर

काठमाडाैँ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको दावीसहित अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

खड्काले नेपाल आयल निगमको कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आयभन्दा १८ करोड ६६ लाख ५ हजार रूपैयाँ बढी आर्जन गरेको अख्तियारको दाबी छ। अकुतरुपमा आर्जन गरेको सम्पत्ति खड्काले आफ्नी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा लुकाएको आरोप अख्तियारले लगाएको छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार खड्कालाई दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना र बिगो भराउन अख्तियारले माग गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds