समाचार

निजी सवारी साधनको बिक्री घट्यो

काठमाडौं । निजी सवारी साधनलाई अनुत्पादक तथा विलासी वस्तु भन्दै नेपाल राष्ट्र बैंकले कठोर नीति ल्याएपछि त्यस्ता सवारी साधनको बिक्रीमा कमी आएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकम समीक्षामा निजी सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिकतम ५० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेपछि निजी सवारी साधनको बिक्री घटेको हो । यसअघि सवारी मूल्यांकनको अधिकतम ६५ प्रतिशतसम्म ऋण लगानी गर्न पाउने व्यवस्था परिमार्जन गर्दै …

पुरा पढ्नुहॊस »

रोल्पामा २१ वर्षका युवकले आफैमाथि गोली चलाए, घटनास्थलमै मृत्यु

रोल्पा । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएका बेला बुढाले आत्महत्या गरेको बताइएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक लेखनाथ चापागाँईले …

पुरा पढ्नुहॊस »

मौसम पूर्वानुमान महाशाखा : आइतबारबाट मौसममा सुधार आउने

काठमाडौँ, माघ २५ गते । काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, “आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना छ ।” पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको हो …

पुरा पढ्नुहॊस »

सिन्धुली दुर्घटना अपडेट :५ जनाको मृत्यु

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा मृत्यु  हुनेको सख्या ५ पुगेको छ । मृत्यु हुनेमा  कुन्तमान तामाङ, अनिता महत, तिलमाया विक, लक्ष्मी बिक, शान्तामाया श्रेष्ठको सनाखत भएको प्रहरीले जनाएको छ । सिन्धुलीमाडीतर्फ गइरहेको जीप सडकबाट करिब ५ सय मिटर खसेको हो ।

पुरा पढ्नुहॊस »

नेपाल–भारत वाणिज्य बैठक आजदेखि पोखरामा सुरु

काठमाडौँ । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनसम्बन्धी दोस्रो सहसचिवस्तरीय बैठक आजदेखि पोखरामा सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ । पहिलो बैठक भारतको दिल्लीमा गत साउनमा भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकको नेतृत्व मन्त्रालयका तर्फबाट सहसचिव रवि शंकर सैंजूले गरेका छन् । सहसचिव सैंजूका अनुसार पोखरामा सुरु भएको दोस्रो चरणको बैठकमा मुख्य गरी गैरकर हटाउने विषयमा छलफल हुनेछ । भारतले नेपाली उत्पादनलाई शून्य भन्सारमा …

पुरा पढ्नुहॊस »

मनाङमा वर्षासँगै हिमपात, तापक्रम माइनस २० मा झर्‍यो

मनाङ । मनाङमा वर्षासँगै पुनः हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । बुधबार साझदेखि निरन्तर हिमपात भएको हो । मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने ‘मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा वर्षासँगै बाक्लो हिमपात भएको छ । तापक्रम माइनस २० डिग्री पुगेको छ भने तल्लो भेग चामे, तिमाङ, दानक्यु र …

पुरा पढ्नुहॊस »

सिन्धुली, तनहुँ र चितवनमा भएका दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुली, तनहुँ र चितवनमा गएराति भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिन्धुली र तनहुँमा दुई-दुई जना र चितवनमा एक जनाको मृत्यु भएको हो । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १३ जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा काभ्रेको तेमाल गाउँपालिका-९ का २२ वर्षीया कृष्णमाया माझी र सोही …

पुरा पढ्नुहॊस »

बेरोजगार भत्ता फागुनदेखि, न्यूनतम मासिक आठ हजार पाँच सय

काठमाडौं । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो। उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक अधिकारीले बताए। फागुन १ गने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि वर्षा, तीन दिनसम्म पानी पर्ने, कुन दिन कस्तो मौसम ?

काठमाडौँ । काठमाडौ उपत्यकासहित मुलुकका अधिकांश भू–भागमा आज बिहानैदेखि पानी परिरहेको छ । मुलुकको पश्चिमी भागमा भने बुधबार साँझदेखि नै क्षणिक वर्षा भएको थियो । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश …

पुरा पढ्नुहॊस »

एक वर्षमै डेढ सय संघीय सांसदसँग रातो पासपोर्ट

काठमाडाैं । संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) परेको छ। प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १ सय ५१ जनाले रातो पासपोर्ट लिएका छन्। परराष्ट्र मन्त्रालयले रातो पासपोर्टमा कडाइ गरे पनि रातो पासपोर्ट लिने सांसदको संख्या बढ्दै गएको खबर ईश्वरी सुवेदीले आजको नागरिक दैनिकमा लेखेका छन्। संसद् सचिवालयको सिफारिस चाहिने भए पनि कतिपय सांसदले सिफारिसबिना नै रातो पासपोर्ट लिएका छन्। कतिपयले परराष्ट्रले …

पुरा पढ्नुहॊस »