रोल्पामा २१ वर्षका युवकले आफैमाथि गोली चलाए, घटनास्थलमै मृत्यु

रोल्पा । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएका बेला बुढाले आत्महत्या गरेको बताइएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक लेखनाथ चापागाँईले जानकारी दिए । प्रहरीका अनुसार घटनाको सत्य तथ्य बुझ्न अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस