नेपाल–भारत वाणिज्य बैठक आजदेखि पोखरामा सुरु

काठमाडौँ । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनसम्बन्धी दोस्रो सहसचिवस्तरीय बैठक आजदेखि पोखरामा सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ । पहिलो बैठक भारतको दिल्लीमा गत साउनमा भएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकको नेतृत्व मन्त्रालयका तर्फबाट सहसचिव रवि शंकर सैंजूले गरेका छन् । सहसचिव सैंजूका अनुसार पोखरामा सुरु भएको दोस्रो चरणको बैठकमा मुख्य गरी गैरकर हटाउने विषयमा छलफल हुनेछ ।

भारतले नेपाली उत्पादनलाई शून्य भन्सारमा निर्यात गर्न दिने सुविधा दिने भनिए पनि विभिन्न शीषर्ककमा अतिरिक्त कर लगाउँदै आएको छ । जुटमा लगाउँदै आएको काउन्टर भेलिङ डयुटीका कारण निर्यातमा समस्या आएको छ ।

कृषि उत्पादन अदुवा, अलैंची, जुटलगायतमा क्वारेन्टाइन परीक्षणदेखि निकासीमा आउने समस्यालाई दीर्घकालीन रूपमासमाधान गर्ने विषयमा पनि छलफल हुनेछ । सहसचिव सैंजूका अनुसार कनेक्टिभिटीका बिषयमा पनि छलफल गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds