काठमाडौँ । जनकपुर-जयनगर रेल सेवा बैसाख १ देखि सञ्चालन हुने भएको छ। रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम सुरु गरेको हो। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल सञ्चालनका लागी आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरिएको हो । सो रुटमा निर्माण हुने ७ वटा …
पुरा पढ्नुहॊस »मलेसियासँग भिसा शुल्कमा अझै विवाद
काठमाडौँ । द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौँस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ । भिसा पाउन कामदार आफैँ राहदानी लिएर …
पुरा पढ्नुहॊस »आजको मौसम : पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा
काठमाडौँ । देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा रहने छ । राति देशभरको मौसम सफा रहने बताइएको छ । पहाडीका केही ठाउँमा भने राति पनि आंशिक बदलीको सम्भावना छ । बिस्तारै …
पुरा पढ्नुहॊस »राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिका जाँदैछिन। राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्भाषण दिने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ …
पुरा पढ्नुहॊस »कर्णालीमा डुंगा पल्टिँदा एकको मृत्यु
दैलेख । कणाली नदीमा डुंगा पल्टिँदा दैलेखको आठबिस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ। राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा शाही डुबेका थिए। डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धारमा लागे पनि शाहीलाई नदीबाट मृत निकालिएको प्रहरीले जनाएको छ। उनीसँगै डुंगामा सवार अन्य दुई जना भने पौडेर निस्किएको …
पुरा पढ्नुहॊस »इँटाभट्टाका कारण विमानस्थल असुरक्षित, उडान र अवतरणमा प्रत्यक्ष प्रभाव
सप्तरी । आसपासका इँटा भट्टाका कारण सप्तरीको राजविराज विमानस्थल असुरक्षित बनेको छ । सिलान्यास भएको झन्डै ६ दशकपछि गतअसार १ गतेबाट सञ्चालनमा आएको राजविराज विमानस्थललाई सुरक्षित वनाउने विषयमा हालसम्म पनि पहल हुन सकेको छैन । विमानस्थलको पूर्वतर्फ रहेका इँटाभट्टा विमान सञ्चालनमा चुनौति बनेको राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख भीमदत्त पन्तले बताए । विमानस्थलको ७ सय मिटरको दुरीमा रहेका ४ वटा चिम्नीका कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको पन्तको भनाइ …
पुरा पढ्नुहॊस »स्कुटर दुर्घटनामा चालकको मृत्यु
भक्तपुर । सूर्यविनायक नगरपालिका–६ घलाटेमा शनिबार बिहान ५ बजे भएको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक लिसंखुपाखर-२ का २६ वर्षीय रञ्जिव लामा रहेको महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए। दुर्घटनामा घाइते भएका रामेछाप सुनापाती-४ घर भइ भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको छ। काठमाडौंबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ९५ प ३३१८ को स्कुटर अनियन्त्रित भई फल्टेको …
पुरा पढ्नुहॊस »रेल आउने कहिले हातपात अहिलेः बैठकमै प्रभावित क्षेत्रका बासिन्दा कुटिए
काठमाडौं । पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल नगरपालिकाको वडा नम्बर ११ कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल …
पुरा पढ्नुहॊस »वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । …
पुरा पढ्नुहॊस »पर्यटन क्षेत्रको व्यापारका बारेमा सर्वेक्षण गर्दै सरकार
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले साढे सात करोड रुपैयाँ खर्चेर आन्तरिक पर्यटक उपभोग सर्वेक्षण र वितरणात्मक व्यापार सर्वेक्षण गर्ने तयारी गरेकाे छ । विभागले चार करोड रुपैयाँ खर्चेर आन्तरिक पर्यटक उपभोग सर्वेक्षण र साढे तीन करोड खर्चेर वितरणात्मक सर्वेक्षण गर्ने तयारी गरेको हो । पर्यटन खर्चका लागि पर्यटन बोर्डसँग विभागले आग्रह गरेको छ भने व्यापार सर्वेक्षणका लागि सरकारले नै खर्च उपलब्ध गराउनेछ । यी दुवै सर्वेक्षणको लागि अर्थ मन्त्रालयसँग बजेट …
पुरा पढ्नुहॊस »