आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाण्डौ । आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन् ।

सहमति अनुसार तत्काललाई अस्थायी, राहत, बाल विकास केन्द्र ईसीडीका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धातर्फ प्रस्ताव गरिएको २० प्रतिशत कोटा हटाइएको छ । शिक्षा सम्बन्धमा बनेको विधेयक अर्थात राष्ट्रिय शिक्षा ऐनमाथि थप छलफल गर्ने र छलफलमा राहत शिक्षकलाई पनि समावेश गर्ने सहमतिमा उल्लेख छ ।

आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका शिक्षकहरुको निःशुल्क उपचार गर्ने सहमति पनि भएको छ । यस्तै ऐन पारित भएपछि नियमावली बनाउँदा आन्तरिक प्रतिस्पर्धातर्फको कोटा बढाउने र अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सहमति भएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेम अधिकारीले जानकारी दिए।

शिक्षा मन्त्रालयसँग सहमति भएपछि आन्दोलन गर्न काठमाण्डौ आएका राहत शिक्षक आजैदेखि विद्यालयको पठनपाठनमा फर्किने पनि उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after