विपीवाद खोज्दै सङ्ग्रहालय विराटनगर यात्रामा

काठमाडौं । विपी सङ्ग्रहालय समितिले विपीवादको खोजी गर्दै आजदेखि सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु गरेको छ ।

लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन विपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा शुरु गरिएको सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले जानकारी दिउ । यात्रा जेठ ३२ गते सुन्दरीजलमै आएर समाप्त हुनेछ ।

यात्राका क्रममा सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिएको छ । सङ्ग्रहालयको तस्वीर पनि साथै लगिएको जनाइएको छ । बिहीबार बिहान काठमाडौँबाट हिँडेको यात्रा समूह बेलुकी विराटनगर पुग्नेछ । शुक्रबार दिनभर विराटनगरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाका बारेमा अध्ययन गर्न भ्रमण गरिनेछ ।

भ्रमणका क्रममा विपीको जीवनसँग सम्बन्धित स्थलमा अवलोकन, विभिन्न व्यक्तित्वसँग कुराकानी गरिने अध्यक्ष पोखरेलले बताए । विपीवादको खोजीमा सुन्दरीजलबाट बनारससम्मको यात्राका क्रममा यो कार्यक्रम आयोजना गरिएको हो ।

यसअघि पहिलो चरणमा फागुन ११ गते कोइरालाहरुको उद्गमस्थल दुम्जाबाट यात्रा प्रारम्भ भएको थियो । दुई वर्षससम्म देशका ७७ वटै जिल्लामा विपीवादको खोजी गरी यात्रा गरिनेछ । तेस्रो चरणमा सुशील कोइरालाको गृहनगर नेपालगञ्जबाट नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासम्म यात्रा गरिने सङ्ग्रहालय समितिले जनाएको छ ।

चौथो चरणमा शहीद दुर्गानन्द झा, सरोज कोइराला, रामनारायण मिश्र, काङ्ग्रेस नेता महेन्द्रनारायण निधि, आजीवन कारावासको सजाय भोग्नुभएका अरविन्द ठाकुर, नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको जन्मभूमि सांस्कृतिक शहर जनकपुरमा विपीवादको खोजी यात्रा गरिने कार्यक्रम रहेको छ । यात्राका क्रममा विपी विचारलाई जनताको तहसम्म लैजाने जनाइएको छ ।

पाँचौँ चरणमा प्रजातन्त्र पुनःस्थापनाका लागि प्राण आहूति दिनुहुने शहीद राम, लक्ष्मण, लीला, ठगी आदिको भूमि ओखलढुङ्गा, भीमनारायण श्रेष्ठको भूमि धनकुटालगायत स्थानमा यात्रा गरिनेछ । देशभरको यात्रा सकेपछि समापन कार्यक्रम सर्वोच्च नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा गरिने अध्यक्ष पोखरेलले बताए ।

विसं २०१७ पुस १ गतेको घटनापछि पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराालालाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विसं २०२५ मा उपचारका लागि विपीलाई जेलमुक्त गरिएको थियो । उपचारपछि भारत निर्वासनमा रहनुभएका विपी राष्ट्रियता कमजोर भएको विश्लेषणसहित आठ मृत्युदण्डका मुद्दाको प्रवाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय कता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए ।

मेलमिलापको नीति लिई फर्कनुभएपछि पनि विपीलगायतका नेतालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन्दरीजल बन्दीगृह पु¥याइएको थियो । दोस्रोपटक पनि करीब एक वर्ष उहाँलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । विपीका ‘दोषी चश्मा’ बाहेक सबै साहित्यिक कृतिको रचना सुन्दरीजल बन्दीगृहमै भएका हुन् ।
– पूर्णप्रसाद मिश्र

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस