काठमाडाैँ । गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ ।राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता नै सिन्धायने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ । दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेका गुठीहरुको शोषण अन्त्य गर्ने भन्दै विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग राखेको छ ।आखिर विधेयकको पक्ष र विपक्ष दुवैखालले आन्दोलन एकै पटक किन उठ्यो ? …
पुरा पढ्नुहॊस »विकास खर्चबाट ३ सय ३४ सांसदलाई एक–एक लाखको ल्यापटप
काठमाडाैँ । निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएको प्रशंग सेलाउन नपाउँदै अब सांसदले कम्तिमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । एक सांसदको मासिक कमाई कम्तीमा ८० हजार पुग्छ । यस्तोमा सांसदले आफै ल्यापटप किन्न नसक्ने प्रश्न नै रहँदैन । जब कि बजारमा ३० हजारदेखिका …
पुरा पढ्नुहॊस »नेपाल र यूएईबीच नयाँ श्रम सम्झौतामा : कामदारले शुल्क तिर्नु नपर्ने
काठमाण्डौ । नेपाल र यूएईबीच नयाँ श्रम समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको १०८औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालले यूएईसँग यसअघि भएको समझदारी प्रतिस्थापन गरी नयाँ समझदारी गरेको हो । नयाँ श्रम समझदारीले नेपाली कामदारलाई यूएईका स्थानीय कामदारले पाउने सरह सेवा सुविधाको प्रत्याभूत गरेको श्रम, रोजगार …
पुरा पढ्नुहॊस »दाङमा सिमेन्ट उद्याेगकाे ढलान भत्कियाे : तीन जना मजदुरकाे मृत्यु
दाङ । दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलाइ भत्कँदा तीन जना मजदुरकाे ज्यान गएकाे छ । लमही नगरपालिका वडा नम्बर ७ मा रहेकाे सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ६ तल्ला माथिकाे ढलान भत्किँदा भारतीय मजदुरकाे ज्यान गएकाे हाे । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ …
पुरा पढ्नुहॊस »तीनकुने पुल निर्माणमा पप्पुको त्रुटि, कारबाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पप्पु कन्सट्रक्सनले काठमाडौं तीनकुनेको बागमती पुल निर्माणमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ। समितिले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त पुल निर्माणमा पप्पु कन्सट्रक्सनले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको हो। समिति सभापति कल्याणी खड्काको नेतृत्वमा विज्ञसहितको टोलीले अनुगमन गरेको थियो। समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा ८६ मिटर लामो बागमती पुलका पाइल तोकिएको भन्दा कम लम्बाइका रहेका र केही पाइल भाँचिन लागेका …
पुरा पढ्नुहॊस »चट्याङ लागेर सिन्धुलीमा एक जनाको ज्यान गयो
सिन्धुली । दुधौली नगरपालिका-१ निवासी ४५ वर्षीय भीमनाथ कुँमरको चट्याङ लागेर ज्यान गएको छ । दुधौली नगरपालिका-१ का वडा सचिव हेडम्बराज अधिकारीका अनुसार, कमला नदीको बगरमा गाइवस्तु चराएर घर फर्किने क्रममा बिहीबार साँझ कुँमरको ज्यान गएको हो । साँझ करिब साढे सात बजेतिर पानी परेपछि रुखमुनि ओत लाग्ने क्रममा चट्याङ लागेर कुँवरको घटनास्थलमा नै ज्यान गएकाे हो ।
पुरा पढ्नुहॊस »पूर्वशिक्षामन्त्री धनिराम पौडेलको निधन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ। पौडेलको ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए। उनको चितवनको माडीमा रहेकाे आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हाे। सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। पाैडेलका दुई छाेरी र श्रीमती छन्।
पुरा पढ्नुहॊस »कञ्चनपुरमा जेसिबीको ठक्करबाट तीन जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । दुर्घटनामा घाइते भएका अन्य पाँचजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन …
पुरा पढ्नुहॊस »रामेछापमा बस दुर्घटना : २ जनाको ज्यान गयो, १३ जना घाइते
रामेछाप । रामेछापमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । काठमाण्डाैबाट रामेछापका लागि छुटेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुरासेँ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा दोरम्बा गाउँपालिका-६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन् । दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी …
पुरा पढ्नुहॊस »सार्वजनिक यातायातको भाडा तत्काल नबढ्ने
काठमाडाैँ । असार १ गतेदेखि लागू हुने गरी बढाउने भनेको सार्वजनिक यातायातको भाडादर केही घन्टा नबित्दै सरकारले फिर्ता लिएको छ । बिहिबार दिउसो ३ बजे भाडा बढेको घोषणा गरेको सरकारले निर्णयमा थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अर्को सूचना नआएसम्म तत्काल भाडादर लागू नहुने भन्दै राति ८ बजे यातायात व्यवस्था विभागले अर्को सूचना सार्वजनिक गरेको छ । यसका साथै विभागले असार १ गतेदेखि लागू हुने भनेको काठमाडौं उपत्यकाको रिङ रोडभित्र …
पुरा पढ्नुहॊस »