काठमाडौं । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बुटवल उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय केशव बराललाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पुरा पढ्नुहॊस »जो चार मन्त्रीका निजी सचिव भए (भिडियोसहित)
काठमाडौँ । मिथिला नगरपालिका–१० लालगढ धनुषा घर भएका किरणबहादुर कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिए । वि.सं. २०२३ सालमा जन्मिएका कार्की सानैदेखि राजनीतिमा लागेकै कारण वि.सं. २०३६ सालको आन्दोलन समेत सम्झिछन् ।सुरुमा अन्जानमै र साथीको लहलहैमा राजनीतिक जीवन सुरु गरेको बताउने कार्की राजनीतिको व्यस्तताकै कारण पढाइमा भने आईए पासमै सीमित रहे । शिक्षाले आईए पास गरेका उनी वि.सं. २०६५ सालमा स्थायी रुपले काठमाडौं पसेसँगै उनको राजनीतिक जीवन झन् सक्रिय बन्दै …
पुरा पढ्नुहॊस »नेपाल र मरिससबीच श्रम समझदारी : शून्य लागतमा कामदार जान पाउने
काठमाडौं । नेपाल र मरिससबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शत वार्षिकीका समारोहका अवसरमा अफ्रिकी मुलुक मरिसससँग मंगलबार साँझ श्रम समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीले हस्ताक्षर गरेका छन्। हस्ताक्षर भएसँगै सो समझदारी पत्रमा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्ने सम्बन्धमा दुवै देशको सहमति जुटेपछि …
पुरा पढ्नुहॊस »आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ
काठमाडौं ।आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा बाबुलाई पक्राउ गरेको हो । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया आफ्नै छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । घरमा कोही नभएको मौकामा बाबुले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप …
पुरा पढ्नुहॊस »लोकसेवा आयोगको विज्ञापन रद्दपछि आन्दोलित
काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै लोकसेवाले जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी नभएको लगायतका कारण देखाउँदै संसदको राज्य व्यवस्था समितिले सोमबार रद्द गर्न निर्देशन दिएको छ ।
पुरा पढ्नुहॊस »हर्नमा कडाइ : एकैदिन ४१३ सवारीसाधन कारवाहीमा
काठमाण्डाै । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर …
पुरा पढ्नुहॊस »कांग्रेसद्वारा आज पनि संसद बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। ११ बजे बसेको बैठकको सुरुवातमा नै कांग्रेसका सांसदहरूले आफ्नो आसनबाट उभिएर संसद बैठक अवरुद्ध गरेका हुन्। कांग्रेसले गुठी विधेयकलाई लिएर संसदको बैठक लगातार दोस्रो दिन अवरुद्ध गरेको हो। कांग्रेस सांसद राजेन्द्र केसीले गुठीलाई सरकारले कब्जा गर्ने गरी विधेयक ल्याएको बताएका छन्। उनले गुठीलाई समाप्त गर्ने उद्देश्यले सरकारले उक्त विधेयक ल्याएको धारणा राखे। उपत्यकावासीको पहिचान गुठी भएको …
पुरा पढ्नुहॊस »राैतहटमा बसलाई ट्रकले ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु, २१ घाइते
काठमाडौं । रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। लुम्बिनीबाट भारतीय तीर्थयात्री बोकेको गएको बस रौतहटको पौराही बागमतीमा यात्रुलाई शौचालय जानका लागि रोकिराखेको समयमा ट्रकले ठक्कर दिएको थियो । ना ६ ख ९०३० नम्बरको बसलाई सोमबार मध्यरातमा सोही दिशाबाट आउँदै गरेको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा अन्य २१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्सपेक्टर विजय श्रेष्ठले जनाकारी दिए। …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनमा सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन्। अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभएको जानकारी दिए। प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुगे भएलगत्तै …
पुरा पढ्नुहॊस »वन लसुन खन्न गएका तीन जनाको लडेर मृत्यु
जाजरकोट । बारेकोट गाउँपालिकामा भीरबाट लडेर सोमबार बिहान तीन युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका –५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथिबहादुर बस्नेत रहेको छन्। शाही र सिंह वनलसुन खोज्न र बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए। बारेकोट–४ स्थित कराइचुला लेक पुगेका दुई भाइ भिरालो जमिनमा चिप्लिएर भीरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। वन लसुन एक …
पुरा पढ्नुहॊस »