काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा : भाडादर ५० प्रतिशत महँगो, कुन रूटमा कुन बस ? (सूचीसहित)

काठमाडाैं । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए। दहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए।

नाै वटा यतायात कम्पनीका बसले रात्रीकालिन सेवा दिने छ । साझा यतायता प्रा.ली, महानगर यतायता प्रा.ली, रिद्धि सिद्धि यतायता प्रा.ली, शुभकामना यतायता प्रा.ली, रचना यतायता प्रा.ली, मयुर यतायता प्रा.ली, अन्नपूर्ण सार्वजनिक यतायता प्रा.ली, गाेकर्णेश्वर यतायता प्रा.ली र ललितपुर मिनिबस यतायता प्रा.ली ले उपत्यकमा रात्रीकालिन सेवा दिने जनाइएकाे छ ।

रात्रीकालिन बस सेवाको भाडादर पचास प्रतिशत महँगो हुनेछ। विभागका अनुसार चार किलोमिटरसम्मको यात्राका लागि २५ रुपैयाँ तिर्नुपर्नेछ। महानगरमा रात्रिकालिन सार्वजनिक यातायात संचालन नहुँदा महानगरवासी सजिलो हुने भएको छ ।

कुन रूटमा कुन बस ? (सूची)

उपत्यकाको जनसंख्या करिब ६० लाखको हाराहारीमा छ। तर साँझ ८ बजे सहर चकमन्न हुने गरेको छ। रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने विभागको योजना छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री