समाचार

सरकारप्रति जताततै असन्तुष्टि !

काठमाडाैँ । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ । केही दिनदेखि विभिन्न क्षेत्रका पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन् । मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा छन् । झन्डै आधा दर्जन विधेयकमा सरोकारवालाले नै असन्तुष्टि जनाएका छन् । उनीहरूले सरकार अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारविपरीत जान खोजेकाले आन्दोलन गर्नुपरेको …

पुरा पढ्नुहॊस »

नेकपाकै सांसदले सञ्चारमन्त्रीको राजीनामा माग्दै भने, ‘दिनगन्ती सुरु भयो’

काठमाडाैँ । सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गेठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने ,‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ, भने राजीनामा बाहेक अर्को …

पुरा पढ्नुहॊस »

मनसुन ढिलाई हुँदा देशभर गर्मी

काठमाडाैँ । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भने,’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ । तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित …

पुरा पढ्नुहॊस »

फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

काठमाडाैँ । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ । गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यलयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, …

पुरा पढ्नुहॊस »

१५ नेपाली बेचबिखन गर्ने दुईजना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीको बहानामा १५ नेपाली बेचबिखन गर्ने दुईजनालाई पक्राउ गरेको छ। आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई ब्यूरोको टोलीले शुक्रबार पक्राउ गरेको हो।  ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाई पाँच लाखदेखि आठ लाखरुपैयाँसम्म लिएर नयाँदिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्‍याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्धक बनाउने …

पुरा पढ्नुहॊस »

सप्तरी जिल्ला अदालतबाट ४३ प्रतिशतमात्र मुद्दा फर्छ्यौट

सप्तरी । सप्तरी जिल्ला अदालतले ४३ प्रतिशतमात्र मुद्दा फर्छ्यौट गरेको छ । चालू आर्थिक वर्षमा जिम्मेवारी सरेका तथा नयाँ दर्ता भएका मुद्दामध्ये ४३.११ प्रतिशत मुद्दामात्रै फर्छ्यौट भएको जिल्ला अदालतले जनाएको छ । जिम्मेवारी सरेका ४ हजार ३ सय ३४ तथा नयाँ दर्ता भएका ३ हजार ६ सय ४० गरी कुल ७ हजार ९ सय ७४ मध्ये ३ हजार ३ सय ३१ वटा मुद्दा मात्र फर्छ्यौट गरिएको अदालतले जनाएको छ । …

पुरा पढ्नुहॊस »

बाग्लुङमा ट्याक्सी दुर्घटना, एक जनाको मृत्यु

बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको केन्द्र हटियाबाट वडा नं. ४ नुवाकोट जाँदै गरेको ध१ज ५१३ नम्बरको ट्याक्सी गएराति दुर्घटना हुँदा मनबहादुर खत्रीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्सी चालक हुमबहादुर कुँवर र आयुष कार्की घाइते भएका छन् । घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी …

पुरा पढ्नुहॊस »

विद्यालयमा तालाबन्दी

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महिनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् । खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शङ्कर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययन गर्ने विष्णुदेवी रावलले जानकारी दिइन् ।  छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र शुरु …

पुरा पढ्नुहॊस »

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

दार्चुला । भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् । “भेडाबाख्रा चराउन वन जङ्गल छैन । गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ,” महाकाली नगरपालिका–६ का भेडा व्यवसायी लोकेन्द्रसिंह बोहराले भने । “१०÷१२ वर्षदेखि भेडापालन व्यवसायमा लागेको छु”, उनले भने, “वनजङ्गल …

पुरा पढ्नुहॊस »

बाबुराम भट्टराई भन्छन्– सांसदलाई ल्यापटपको प्रस्ताव सुनेर लज्जित छु

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताएका छन् । उनले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा लज्जित छु । निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो, सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध पनि हुनुपर्ने हो !’ उनले प्रश्न गरेका छन्, ‘के हामी …

पुरा पढ्नुहॊस »