समाचार

मुठभेडमै मारिएका हुन् विप्लव समूहका नेता : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही इन्चार्ज कुमार पौडेल जवाफी कारवाहीमा मारिएको बताएका छन् । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा पौडेलको ज्यान गएको गृहमन्त्री थापाले बताएका छन् । संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले बाहिर आएजस्तो पौडेलको मृत्यु ‘इन्काउटर’ मा नभएको भन्दै प्रहरीको बचाउ गरे । असार ५ गते दिउँसो लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम तर्फ …

पुरा पढ्नुहॊस »

पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

भद्रपुर । साथीहरूसँग मावा खोलामा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा दमक नगरपालिका ४ बस्ने मनबहादुर माझीको २३ वर्षीय छोरा रामबहादुर माझी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार घरदेखि पाँच सय मिटर टाढा रहेको मावा खोलामा माझीसहित ४—५ जना साथीहरू आइतबार दिउँसो पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा माझी डुबेर बेपत्ता भएको खबर अस्थायी प्रहरी पोस्ट …

पुरा पढ्नुहॊस »

नगरसभा गर्न सूर्यविनायक नगरपालिकाले दियो आज र भाेलि बिदा

भक्तपुर । सूर्यविनायक नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ।  पाँचौं नगरसभाको तयारी र व्यवस्थापनका लागि नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते अर्थात सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नेकार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको  नगरपालिकाकी उपमेयर जुना बस्नेतले  बताइन्। नगरपालिका, वडा कार्यालयमा …

पुरा पढ्नुहॊस »

तीव्र गति कारवाही अभियान : ९४० चालक कारवाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारवाही गर्दै आएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी …

पुरा पढ्नुहॊस »

दुर्घटनामा वृद्धको मृत्यु

महोत्तरी । महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताए । शव परीक्षणको …

पुरा पढ्नुहॊस »

भारतीय ‘बाँध’ले नेपाली बस्ती डुबानमा

काठमाडाैँ । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । यो समाचार …

पुरा पढ्नुहॊस »

नेकपामा कार्यदिशा विवाद चुलिँदै

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ । तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’ को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’ का पक्षमा देखिएका हुन् । राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद कि जनताको जनवाद हुने भन्नेमा पार्टीका शीर्ष तहमै मतभेद देखिएको छ । एकीकरणपछि राजनीतिक …

पुरा पढ्नुहॊस »

काठमाडौं-तराई-मधेश द्रुतमार्ग : निर्माणको समय एक वर्ष थप्न सेनाको प्रस्ताव

काठमाडौं । नेपाली सेनाले काठमाडौं – तराई – मधेश द्रुतमार्ग निर्माण सम्पन्न अवधि एक वर्ष थप्न प्रस्ताव गरेको छ। करिब सवा १ खर्ब रुपैया लागत अनुमान गरिएको द्रुतमार्ग २०७८ सालभित्र सम्पपन्न हुनेगरी सरकारले दुई वर्षअघि सेनालाई आयोजना हस्तान्तरण गरेको थियो। तर पूर्वसर्त र सम्झौता अनुसार निर्माण कार्य कठिन रहेको औंल्याउँदै सेनाले एक वर्ष म्याद थप्न प्रस्ताव गरेको हो। टनेल, ब्रिजलगायत निर्माणमा विदेशी कम्पनीको सहयोग लिनेगरी तयार पारेको गुरुयोजना नै स्वीकृत …

पुरा पढ्नुहॊस »

नागरिकलाई किताब पढ्ने कोटा तोकिदिन गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारलाई नागरिकका लागि वर्षमा कति किताब पढ्न पाउने भन्नेबारे कोटा तोकिदिन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शुन्य समयमा बोल्दै उनले नयाँ बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेकोमा असन्तुष्टि जनाए । सरकारले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने भन्दै गरेको सो निर्णयको उनले आलोचना गरेका हुन् । उनले भने, ‘यसले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने …

पुरा पढ्नुहॊस »

खानेपानीको समस्याले धारामा ताल्चा

दमौली । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताइन् । मल्लले भनिन्, “खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।” उनका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, …

पुरा पढ्नुहॊस »