नगरसभा गर्न सूर्यविनायक नगरपालिकाले दियो आज र भाेलि बिदा

भक्तपुर । सूर्यविनायक नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ।  पाँचौं नगरसभाको तयारी र व्यवस्थापनका लागि नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते अर्थात सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नेकार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको  नगरपालिकाकी उपमेयर जुना बस्नेतले  बताइन्।

नगरपालिका, वडा कार्यालयमा काम नहुने र नगरका जनप्रतिनिधि तथा कर्मचारी कार्यक्रममै व्यस्त हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री