दार्चुला । नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजनी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ । शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको …
पुरा पढ्नुहॊस »बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
बुटवल । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना– ६ कलौनीमा शनिबार राति साढे १२ बजे महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आएको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा रहेका दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए । उनका अनुसार मोटरसाइकललाई …
पुरा पढ्नुहॊस »मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
काठमाडाैँ । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । गएरातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन पश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर छ । …
पुरा पढ्नुहॊस »बढ्यो बाढी र डुबानको खतरा, वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह
काठमाडाैँ । गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ । ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार चितवन, नवलपरासी, …
पुरा पढ्नुहॊस »दुर्घटनामा मोटसाइकल चालकको मृत्यु
सप्तरी । अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घाेंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग विपरीत दिशातर्फ आउँदै गरेको बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ट्रक र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेलको मृत्यु भएको हो । …
पुरा पढ्नुहॊस »भरतपुरमा सवारी दुर्घटना, २० जना घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको बस ठोक्किएका हुन्। घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
पुरा पढ्नुहॊस »धादिङमा तरकारी बोकेको जिप दुर्घटनाहुदाँ ४ यात्रुको मृत्यु
धादिङ । धादिङको गजुरी ४ बाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटनाहुँदा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्छी ४ निवासी ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ निवासी ३० वर्षीय कान्छी भुजेल र नानु तामाङ रहेका छन् । बा १८ च ९४०८ नम्बरको जिप तरकारी र तरकारी बेच्ने किसानहरु बोकेर गल्छी बजार आउँदैगर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। …
पुरा पढ्नुहॊस »आगलागी पीडितलाई १ लाख १० हजार राहत
जनकपुरधाम । जनकपुरधाम ३ कदम चोकमा आगलागीबाट होटल जलेर पीडित बनेकाहरुलाई उपमहानगरपालिकाले राहतस्वरूप आर्थिक सहयोग गरेको छ। आगलागीबाट नष्ट भएको गोविन्द मिष्ठान्न भण्डार, सियाराम मिष्ठान्न भण्डार र ठाकुर मिष्ठान्न भण्डारका संचालकले १ लाख १० हजारको दरले राहत स्वरुप आर्थिक सहयोग पाएका हुन्। जनकपुरधामकी उपमेयर रिता झाले शुक्रबार पीडितको घरमै पुगेर चेक हस्तान्तरण गरेकी हुन्। उनले आवश्यकताअनुसार अझै सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्। बुधबार राति विद्युत् सर्ट भएर गोविन्द मिष्ठान्न भण्डारबाट …
पुरा पढ्नुहॊस »अर्थमन्त्रीले डराएर बजेट ल्याए : डा. भट्टराई
काठमाडौं । समाजवादी पार्टी, नेपालको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ नभएको बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले ‘डराएर’ बजेट ल्याएको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्दै भट्टराईले भने, ‘अर्थमन्त्री डराएको जस्तो लाग्यो। यता जाउँ कि, उता जाउँ भन्ने रूपमा बजेट प्रस्तुत गरेजस्तो लाग्यो। वर्तमान बजेट संक्रमणकालिन अवस्थाको जस्तो आउन नहुने थियो तर अहिले पनि त्यस्तै पाराको बजेट आएको भट्टराईको …
पुरा पढ्नुहॊस »वर्षकै लामो दिन आज
काठमाण्डौ । आज जून २१ तारिख । सामान्यतया: आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाण्डाैमा ५ बजेर ९ मिनेट जाँदा सूर्याेदय भएकाे थियाे भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा …
पुरा पढ्नुहॊस »