काठमाडौं । विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेर विश्व योग दिवस मनाइँदै छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धिकरण हुने …
पुरा पढ्नुहॊस »महाेत्तरीमा एक महिलाकाे हत्या
महोत्तरी । महोत्तरीको गौशालामा चोरी गर्नका आएका व्यक्तिले धरिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् । शुक्रबार बिहान ३ बजेतिर गौशाला नगरपालिका-१०, भरतपुरका विष्णुकुमार श्रेष्ठको घरमा नचिनेका व्यक्तिले चोरी गर्ने क्रममा श्रेष्ठकी २७ वर्षीया छाेरी अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरेकाे हाे । गम्भीर घाइते रहेकी श्रेष्ठको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको महोत्तरीका …
पुरा पढ्नुहॊस »रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका १७ कामदारको सकुशल उद्धार
काठमाडौं । रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश गर्ने पहुँचमार्गमा एक्कासी सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । राति साढे आठ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र अलपत्र परेका थिए । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दिएको जानकारीअनुसार सबैजनाको सकुशल उद्धार गरिएको छ । राति नै उद्धारको प्रयास भए पनि सम्भव नभएपछि बिहान मात्रै उद्धार गरिएको थियो । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष …
पुरा पढ्नुहॊस »नेपाल–चीन रेलवे सम्बन्धी चौथो बैठक : नेपालको तयारी पुगेन
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ। बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो। चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ। यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ। …
पुरा पढ्नुहॊस »आगलागीमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, तीन ओटा होटल जलेर नष्ट
धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ । कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो । …
पुरा पढ्नुहॊस »स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन्। पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन्। सरकारले मुहानको हेडबक्सलगायतका अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो। कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो। तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने …
पुरा पढ्नुहॊस »बाल–यौन-हिंसामा मिलापत्र, ‘शून्य सहिष्णुता’ अलपत्र
काठमाडाैँ । कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए । गोकुलेस्थित स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठले २०७६ जेठ १२ गते दिउँसो १३ वर्षीया …
पुरा पढ्नुहॊस »कलङ्की मालपोत नमुना कार्यालय घरमै बसेर पनि सेवा पाइने
काठमाडाैँ । घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा÷कोठा धाउनुपर्ने अवस्था अन्त्य भएको छ । नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् । कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएको छ । घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका …
पुरा पढ्नुहॊस »त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो । उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको …
पुरा पढ्नुहॊस »नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने
काठमाडाैँ । सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो । ‘दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रतिवेदन प्रकाशनमा आएपछि कार्य्दिशामा देखिन थालेको अन्योल हटेर जान्छ ।’ प्रतिवेदन प्रकाशनमा नआउँदा नेकपाको अन्तरिम राजनीतिक …
पुरा पढ्नुहॊस »