पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

भद्रपुर । साथीहरूसँग मावा खोलामा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा दमक नगरपालिका ४ बस्ने मनबहादुर माझीको २३ वर्षीय छोरा रामबहादुर माझी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार घरदेखि पाँच सय मिटर टाढा रहेको मावा खोलामा माझीसहित ४—५ जना साथीहरू आइतबार दिउँसो पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा माझी डुबेर बेपत्ता भएको खबर अस्थायी प्रहरी पोस्ट ताराबारीलाई स्थानीयले जानकारी गराएका थिए।

खोलामा बेपत्ता भएका माझीलाई नभेटाएपछि बिपद व्यवस्थापन कार्यालय भद्रपुरमा कार्यरत प्रहरी जवानद्धय मिलन फेन्दुवा (लिम्बु) र गोविन्द यादवले उनको शव खोलाको खाल्डोबाट निकालेका थिए।  मृतक माझीको शवलाई पोस्टमार्टमका लागि मोरङ पठाएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस