समाचार

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

काठमाडौं । होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ । रेग्मीका बिरुद्धमा जाहेरी भने दर्ता भएको छैन् तर उनलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २ सय ६८ जना सांसदले मतदान गरेका थिए। ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र …

पुरा पढ्नुहॊस »

पिएनजीसँग नेपालको लज्जास्पद हार

काठमाडौँ । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा …

पुरा पढ्नुहॊस »

हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे । रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने …

पुरा पढ्नुहॊस »

शिवपुरी जङ्गलमा गाडिएको अवस्थामा भेटियो एक महिनादेखि बेपत्ता किशोरीको शव

काठमाडौं । एक महिनादेखि हराइरहेकी एक किशोरीको शव हत्या गरी जङ्गलमा गाडिएको अवस्थामा भेटिएको छ । गोकर्णेश्वर नगरपालिका-३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा किशोरीको शव फेला परेको हो । फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए । उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हात मात्रै देखिएको शरीर गाडिएको अवस्थामा शव फेला परेको खबरपछि प्रहरी टोली खटिएको जिल्ला …

पुरा पढ्नुहॊस »

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- धोका खाएकाहरू एकैठाउँ उभिए हालत के होला ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न उठाएका छन् । बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्रीको यात्रा कहाँ पुग्छ भन्दै प्रश्न गरेका हुन् । उनले भने- ‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर …

पुरा पढ्नुहॊस »

रविलाई गृह मन्त्री बनाएकोमा कांग्रेसले संसद्‌मा जनायो आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै संसदमा ध्यानाकर्षण गराएको छ । कांग्रेस सांसद सुशिला थिङले प्रधानमन्त्रीले विवादित मन्त्रीलाई सरकारमा ल्याएको भन्दै ध्यानाकर्षण गराएकी हुन् । उनले विगतमा विवादित मन्त्रीको विषय संसदमा उठिरहेको बेला प्रधानमन्त्रीले फेरि विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाइन् । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेलाई सरकारमा सामेल गराएकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताइन् । उनले पूर्व उपराष्ट्रपतिको परिवार सुन …

पुरा पढ्नुहॊस »

लोकसेवाले माग्यो ५३७ खरिदार, कुन ठाउँबाट कति ? (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले ५ सय ३७ जना खरिदारका लागि आवेदन माग गरेको छ । आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो । आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ । लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा …

पुरा पढ्नुहॊस »

प्रिय रन्जिता, मैले तिमीलाई सम्झाउन सकिन : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशमलाल चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष र आफूबीचको विवाद घर झगडा नभएर विषय राजनैतिक भएको बताएका हुन् । तर पत्नीसमेत रहेकी अध्यक्ष रन्जितालाई सम्झाउन नसकेको उनको भनाई छ । ‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ …

पुरा पढ्नुहॊस »

तुल्सीपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

काठमाडौं । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको गढवा गाउँपालिका-१ स्थित कालाकाटे जुरौनीमा प्रदेश ३-०१-००६ ख ०९७४ नम्बरको रात्रीबस दुर्घटनामा परेको हो ।

पुरा पढ्नुहॊस »