पिएनजीसँग नेपालको लज्जास्पद हार

काठमाडौँ । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो ।

पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।

नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए । यो जितसँगै पिएनजीले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको …

प्रतिकृया दिनुहॊस