समाचार

डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित

काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् । प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन वर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका तथा चिकित्सा क्षेत्रमा चार दशकभन्दा बढीको …

पुरा पढ्नुहॊस »

सहकारी पीडितलाई छिटो न्याय दिन चाहान्छु : सभापति लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो । प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै रास्वपाको टोलीले सहकारीबाट लाखौं बचतकर्ताहरू ठगिएकाले सरकारले कदम चाल्न आग्रह गरेको छ ।सुझावपत्र बुझ्दै जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठकको आवास समन्वय उपसमितिमा दश सदस्य थप

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ । कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको आवास समन्वय उपसमितिमा सदस्य थप गरेको हो । नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेशका सहमहामन्त्रीद्वय जीवन डङ्गोल र ऋषिराम घिमिरे, …

पुरा पढ्नुहॊस »

रास्वपा टोलीलाई प्रधानमन्त्रीले भने- ‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले भने , ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म …

पुरा पढ्नुहॊस »

विराटनगरमा शङ्कास्पद बस्तु भेटियो

काठमाडाैं । विराटनगर ३ मा शङ्कास्पद बस्तु भेटिएको छ। आज बिहान घरेलु तथा साना उद्योग कार्यालय नजिक शङ्कास्पद बस्तु भुटिएको हो । प्रेसरकुकर बम जस्तो देखिने उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

सुदूरपश्चिममा सबैभन्दा धेरै गरिब, बागमतीमा १२ प्रतिशत

काठमाडाैं । अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ । त्यस अवसरमा राष्ट्रिय योजना …

पुरा पढ्नुहॊस »

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : पीडित भन्छन्- मृत्यु पर्खिरहेका छौँ

काठमाडौँ । भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसकेका छन् । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उनलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शैयामा गहभरि आँसु पार्दै भने, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो …

पुरा पढ्नुहॊस »

महानगरले माग्यो सातौँ र आठौँ तहका लागि कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ । मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

पुरा पढ्नुहॊस »

यी ७ स्थानबाट सुरु हुनेछ प्रसाईंको शक्ति प्रदर्शन (रुटसहित)

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईँको कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ । आज (फागुन १ गते) टुँडिखेलमा कार्यक्रम गर्ने भनिएपनि अनुमति नपाएपछि भृकुटीमण्डपमा हुने भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको छ । प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् । अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म …

पुरा पढ्नुहॊस »

आज जनयुद्ध दिवस, छैन सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले आज फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । फागुन १ गतेको सार्वजनिक बिदाबारे सर्वसाधारणमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले आज बिदा कायम नरहेको स्पष्ट पारेको हो । सरकारले फागुन १ गते अर्थात आज जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो । ‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को …

पुरा पढ्नुहॊस »