ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका.१ की २ वर्षीय बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सकुशल फेला परेकी छिन्। साउन १२ गते दिउँसो घरैबाट हराएकी लिम्बुलाई प्रहरीले मंगलबार नजिकैको जंगलमा भेट्टाइ परिवारको जिम्मा लगाएको हो । हजुरबासँग घरमै बसेकी बालिका कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
पुरा पढ्नुहॊस »गोरखामा १२ वर्षीया बालिकाले गरिन आत्महत्या
गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ मकैपुरमा १२ वर्षीया बालिका प्रशान्ता श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी छन् । आमा पानी भर्न धारामा गएका बेला झुण्डेकी प्रशान्तालाई देख्ने बित्तिकै उनकी १० वर्षीया बहिनीले डोरी काटेको तर, त्यस बेलासम्म प्रशान्ताको मृत्यु भइसकेको स्थानीय पृथ्वीनारायण श्रेष्ठले बताए । उनी न्यूहोराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत थिइन् ।
पुरा पढ्नुहॊस »विप्लवको बन्द : असर कहाँ कहाँ भयाे ?
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दकाे केहि स्थानमा असर परेकाे छ । उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साे बन्दकाे अाह्वान हाे । बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछापमा बन्दको घोषणा गरेको हाे । साे बन्दको क्रममा विप्लव समूहले केहि स्थानमा बम पड्काउनुका साथै केहि सवारी साधनमा तोडफोड र आगजनीसमेत गरेका छन् । …
पुरा पढ्नुहॊस »विप्लवले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा शुन्य
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी काठमाडौंमा खासै प्रभाव खिएको छैन । बिहानैदेखि निर्वाधरुपमा सवारीका साधन सञ्चालनमा आएका छन् । बन्दको हल्लाले लामो दूरीका सवारी भने सञ्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीले जानकारी दिएका छन् । काठमाडौं उपत्यकामा भने यातायात क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन । निजी विद्यालयहरुले भने अघोषित रुपमा विद्यालय हरु बन्द गरेका छन् । आज बन्द आह्वान …
पुरा पढ्नुहॊस »एकै ठाउँमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला
भक्तपुर। भक्तपुरको बोडेमा दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरस्थित बोडेमा कोठामा बस्दै आएका २१ वर्षे जीवन तामाङ र रामेछाप घर भएकी मंगली घिसिङ्ग रहेका छन् । उनीहरु कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरमा श्रीमती हुँदाहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »डा.सुरेन्द्र केसीलाई करिश्माको चेतावनी
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक विश्लेषक सुरेन्द्र केसीमाथि कडा प्रहार गरेकी छन्। सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै खुला चेतावनी दिएकी हुन्। अभिनेत्री करिश्मा मानन्धरको फेसबुक स्टेटस जस्ताको त्यस्तै डा. सुरेन्द्र केसी विश्लेषक , बोलिरहनु हुन्छ तर कहिलेकाही के बोल्नु हुन्छ के ! ! ! त्यो उहाँको बोलाइको आधारमा उहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !! हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र …
पुरा पढ्नुहॊस »लागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता
काठमाडाैँ । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको बताउँछन् । …
पुरा पढ्नुहॊस »कलंकीको एक घरमा गोली हानियो
काठमाडौं । काठमाडौंको एक घरमा सोमबार राति गोली प्रहार भएको छ। काठमाडौंको कलंकीमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा सोमबार राति गोली प्रहार भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले गोली प्रहार भएको पुष्टि गर्दै भने, ‘तीन तले घरको तेस्रो तलामा गोली प्रहार भएको देखिन्छ हामीले अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले घटनास्थलबाट एक राउण्ड सानो गोली बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले गाेली हान्नेकाे खाेजी भइरहेकाे जनाएकाे …
पुरा पढ्नुहॊस »पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित एक जना पक्राउ
बाँके । भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो । पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई …
पुरा पढ्नुहॊस »पोखरीमा डुबेर बालकको ज्यान गयो
भोजपुर । पोखरीमा डुबेर चार वर्षीय बालकको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका प्रकाश थापाको ४ वर्षीय छोरा प्रमिश थापाको पोखरीमा डुबेर ज्यान गएको हो । सोमबार साँझ ६ बजे पोखरीमा डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । साँझको समयमा साथीहरुसँग खेल्न जाँदा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लगिएको …
पुरा पढ्नुहॊस »