गोरखा । गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि थुनामा पठाइएको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। “थुनछेक बहसपछि थुनामा राखेर कारबाही अघि बढाउन अदालतले दिएको आदेशानुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए । केरौँजाका व्यवसायी गुरुङ ओढारमा आफैंले लुकाएर राखेको १६ किलो सुनसहित …
पुरा पढ्नुहॊस »बालुवा चोरेको आरोपमा कुटी कुटी हत्या, दोर्जे लामा पक्राउ
गोरखा । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए। पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। “लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न …
पुरा पढ्नुहॊस »दोलखामा खोलाले कार बगायो, एकको मृत्यु, दुई जना घाइते
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा …
पुरा पढ्नुहॊस »सुनसरीका दुई शैक्षिक संस्थामा बिष्फोट
इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना …
पुरा पढ्नुहॊस »मनकामना केबलकार पाँच दिन बन्द हुने
गोरखा । यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो । मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार …
पुरा पढ्नुहॊस »काङ्ग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान गर्ने
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ । जागरण अभियानका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियान बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई असोज ७ गते समापन हुने बताए । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ …
पुरा पढ्नुहॊस »करोडौं रकम माग भएका सांसदका बिल फिर्ता
काठमाडौं । संसद सचिवालयमा सांसदहरुले उपचारको जथाभावी बिल पेस गरेको भेटिएपछि मेडिकल बोर्डले कडाइ गरेको छ । मेडिकल बोर्डले सांसदले पेस गरेका बिलमध्ये कतिपय फर्जी बिल भन्दै अस्वीकार गर्दा सांसदका करोडौं रकम माग भएका बिल फिर्ता भएका छन् । सांसदले संसद सचिवालयबाट पाउने उपचार खर्चको रकममा कडा निगरानी गरेर मेडिकल बोर्डले निर्णय गरेपछि आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्म औषधि उपचारबाट १५ लाख १५ हजार र औषधि खरिदका लागि २० लाख …
पुरा पढ्नुहॊस »प्रहरी हुँ’ भन्दै धम्की दिने २ जना पक्राउ
काठमाडौं । ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका.१ घर भएका २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस.८ घर भएका ३१ वर्षीय हिमाल लिम्बु छन् । काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर-धम्की दिई अवैध रुपमा रकम असुल गर्न खोजेको भन्ने सूचनाको आधारमा प्रहरीले भक्त र हिमाललाई …
पुरा पढ्नुहॊस »पहिरोमा पुरिएर रोल्पामा एक बालकको ज्यान गयो
रोल्पा । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर रोल्पामा एक बालकको ज्यान गएको छ। सुनछहरी गाउँपालिका १ फुलिवनमा आएको पहिरोमा च्यापिएर सोही ठाउँका पृथवहादुर घर्तीका १४ वर्षीय छोरा शुकबहादुरको मृत्यु भएको हो। तीजको नाच हेरेर बुधबार बिहान घर फर्कंदै गरेका घर्ती पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। दुर्घटना भएको थाहा पाएपछि घटनास्थल पुगी प्रहरीले उनको शव निकालेको थियो। बिहानै पहिरोमा परेका घर्तीको शव दिउँसो …
पुरा पढ्नुहॊस »कोदोको बीउ पाउनै मुस्किल
बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ । कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो । अहिले ती जिल्लामा कोदो लोप …
पुरा पढ्नुहॊस »