गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ मकैपुरमा १२ वर्षीया बालिका प्रशान्ता श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी छन् । आमा पानी भर्न धारामा गएका बेला झुण्डेकी प्रशान्तालाई देख्ने बित्तिकै उनकी १० वर्षीया बहिनीले डोरी काटेको तर, त्यस बेलासम्म प्रशान्ताको मृत्यु भइसकेको स्थानीय पृथ्वीनारायण श्रेष्ठले बताए । उनी न्यूहोराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत थिइन् ।
तपाईंको प्रतिकृया




