समाचार

बाजुराकी १७ वर्षीया रेजिनाको बलात्कारपछि हत्या, प्रहरीले दोषी बचाउन ३२ दिनसम्म जाहेरी लिएन

काठमाडौं । गत पुषमा बलत्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षिया रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् । सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको …

पुरा पढ्नुहॊस »

सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश र भैरहवा व्यवस्थापक दुर्गाा पक्राउ

काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलले बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरुको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ …

पुरा पढ्नुहॊस »

कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो

काठमाडौं । कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै कँडेलले जिल्ला अदालत काठमाडौँमा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

थाहा पाउनुहोस् तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको …

पुरा पढ्नुहॊस »

सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन कांंग्रेसका २२ जना नेताको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दू राष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका हुन् । हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा ‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दु राष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको …

पुरा पढ्नुहॊस »

रुखले च्यापिएर किशाेरकाे मृत्यु

काठमाडौं । बैतडीमा रुखले च्यापिएर एक किशाेरकाे मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका- ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ वर्षीय छोरा प्रकाश पाण्डेयको रहेको छन् । सिद्देश्वर मावि पाटन-१ मेल्चोराकाे कक्षा १० मा अध्ययरत पाण्डेय आफैले काट्दै गरेको रुखले च्यापिएको आफ्तले बताए । शुक्रबार बिहान रुखले च्यापिएर घाइते उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मृत्य घोषणा गरेको इन्चार्ज प्रेमसागर भट्टले बताए । उनको टाउकोमा चोट लागेको थियाे । …

पुरा पढ्नुहॊस »

महिलालाई ‘बोक्सी’ भन्दै मलमूत्र खुवाउने पारो पक्राउ

काठमाडौं । महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र खुवाएको आरोपमा बुढीगंगा गाउँपालिका- ७ की ५० वर्षीया पारोदेवी माझी पक्राउ परेकी छन् । बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने बुढीगंगा सातकी माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेकी महिला गाउँ घरमा धामीझाँक्रीको काम गर्दै आएकी छन् । उनले मोरङको बुढीगंगा गाउँपालिका- ७ मा कुटपिट र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव …

पुरा पढ्नुहॊस »

मन्त्री सुदन किराँतीले कार्यकक्षमा आफैं लगाए पोछा (भिडियोसहित)

काठमाडाैं । बेलाबेला विभिन्न ‘स्टन्ट’ गरेर चर्चामा आइरहने सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् । सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ । कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले …

पुरा पढ्नुहॊस »

डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै मोसो दलियाे

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै दुर्व्यवहार गरेका छन् । संगठनले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । झामाथि दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, …

पुरा पढ्नुहॊस »