काठमाडाैं । बेलाबेला विभिन्न ‘स्टन्ट’ गरेर चर्चामा आइरहने सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् ।
सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ ।
कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले बताएका छन् ।
प्रतिकृया दिनुहॊस