काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका-४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइकलमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । बिहीबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति ९ बजेतिर मृत्यु भएको हो । दाङ तुलसीपुर २ …
पुरा पढ्नुहॊस »सिभिल अस्पतालले माग्यो १२८ कर्मचारी (सूचना)
काठमाडौं । निजामती कर्मचारी अस्पतालले नवौँदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ । शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालले सिनियर रजिस्ट्रार, रजिस्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायकलगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । इच्छुक र तोकिएको योग्यता …
पुरा पढ्नुहॊस »सिन्धुली बस दुर्घटनामा बैंकका २५ जना कर्मचारी घाइते
काठमाडौं । बैंकका कर्मचारी सवार पर्यटक बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा बिहीबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । …
पुरा पढ्नुहॊस »कहाँ कहाँ पर्दैछ पानी ? (तीन दिनको पूर्वानुमान)
काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा तामाकोशी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४१ वर्षीय ईश्वर प्रसाद काफ्ले र रौतहट फतुवाविजयपुर नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् । उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्वर प्रसादलाई ३२ लाख २० …
पुरा पढ्नुहॊस »धनगढीमा २८ वर्षपछि मापन भयो अहिलेसम्मकै उच्च तापक्रम, ९ दिन विद्यालय बन्द
काठमाडौं । तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ । मङ्गलबार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री मापन गरिएको जल तथा …
पुरा पढ्नुहॊस »गगन थापाको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्ने
सौल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम जुलाई २८ मा गर्ने भएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपालीहरूको अवस्था लगायतका विविध विषयमा गहन छलफल हुने बताइएको छ । मे महिनाको १९ तारिख आइतबारका दिन …
पुरा पढ्नुहॊस »बजेटमाथिका सकारात्मक प्रतिक्रियाले थप उत्साहित छु : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको रुपान्तरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको दावी गरेका छन् । आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको बजेट छलफल कार्यक्रममा मन्त्री पुनले सवैका साझा सोचबाट मुलुकको अर्थतन्त्रको बृहत रुपान्तरण गर्ने गरि बजेट ल्याएको दावी गरे । उनले बजेटमा प्रतिपक्षी दलहरूको समेत सकारात्मक प्रतिक्रियाले आफू थप उत्साहित भएको धारणा राखे। सदनमा लगातार प्रतिपक्षीको विरोधका बजेट बजेट ल्याउन निकै गाह्रो अवस्था रहेपछि …
पुरा पढ्नुहॊस »बिर्तामोडमा महिलाको हत्या आरोपमा दुई जना पक्राउ
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ कालिका नगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे बिस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या …
पुरा पढ्नुहॊस »