काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगीका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेपछि नयाँ तथ्य खुलेको छ । सर्वोच्चले आइतबार मगाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको जाहेरीमा पहिलो नम्बरमै उनको नाम उल्लेख रहेको पाइएको हो ।
यसअघि गृहमन्त्री लामिछानेले सहकारी पीडितले दिएको उजुरीमा आफ्नो नाम कहीँ कतै उल्लेख नभएको बताएका थिए । यदि आफ्नो नाममा उजुरी परेको भएमा राजनीति नै छाड्ने उनले बताएका थिए ।
सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको थियो । सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको पाइएको हो ।
प्रतिकृया दिनुहॊस