समाचार

कालिकोट जाँदै गरेको जिप भीरबाट खस्यो, चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप गएराति सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अस्पतालका मेडिकल निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरे । त्यसअवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षित …

पुरा पढ्नुहॊस »

मौसमी प्रणाली सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । …

पुरा पढ्नुहॊस »

रिहा भएपछि कैलाश सिरोहियाले भने- मलाई ९ दिन हिरासतमा बस्न बाध्य पार्नेविरूद्ध कानुनी उपचार खोज्छु

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई बिनाकारण ९ दिन थुनामा राखिएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन्। हाजिरी जमानीमा रिहा भएपछि विज्ञप्ति जारी गर्दै उनले सञ्चारमाध्यमलाई तर्साउनले दुष्प्रयासले आफूलाई पक्राउ गरिएको बताएका छन्। प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी पक्राउ गरेको भन्दै सिरोहियाले आपत्ति जनाएका छन्। उनले लेखका छन्, ‘ सुशासन र लोकतन्त्रको पक्षमा तथा बेथितिका विरूद्ध विगत ३१ वर्षदेखि निर्भीक पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

पुरा पढ्नुहॊस »

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरूलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरूको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौं शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौं शाखामा बुधबार तालाबन्दी गरेको हो । ‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाको गम्भीर असहमति छ’ उपाध्यक्ष …

पुरा पढ्नुहॊस »

सर्पले डसेर ओच्छ्यानमा सुतिरहेका बालकको मृत्यु

काठमाडौं । मोरङमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा घरभित्रै ओछ्यानमा सुतिरहेका ११ वर्षीय प्रान्जल राउतको मृत्यु भएको हो । मंगलबार राति ११ः५५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार गम्भीर घाइते अवस्थाका बालकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बुधबार बिहानका राति १ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले …

पुरा पढ्नुहॊस »

‘मापसे’ मा परेकालाई सडकमा ट्राफिक व्यवस्थापन स्वयंसेवकका रूपमा खटाइयो

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लंघकर्ता सवारी चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाइएको छ । मंगलबार मात्र गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने जनाएका थिए । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए, ‘गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा …

पुरा पढ्नुहॊस »

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो । सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । तर, प्रदेश प्रमुखको …

पुरा पढ्नुहॊस »

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो। अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds