समाचार

सिन्धुली बस दुर्घटनामा बैंकका २५ जना कर्मचारी घाइते

काठमाडौं । बैंकका कर्मचारी सवार पर्यटक बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा बिहीबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । …

पुरा पढ्नुहॊस »

कहाँ कहाँ पर्दैछ पानी ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा तामाकोशी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४१ वर्षीय ईश्‍वर प्रसाद काफ्ले र रौतहट फतुवाविजयपुर नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् । उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्‍वर प्रसादलाई ३२ लाख २० …

पुरा पढ्नुहॊस »

धनगढीमा २८ वर्षपछि मापन भयो अहिलेसम्मकै उच्च तापक्रम, ९ दिन विद्यालय बन्द

काठमाडौं । तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन् । बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ । कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् । बुधबार धनगढीको तापक्रम ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको छ । मङ्गलबार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री मापन गरिएको जल तथा …

पुरा पढ्नुहॊस »

गगन थापाको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्ने

सौल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम जुलाई २८ मा गर्ने भएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपालीहरूको अवस्था लगायतका विविध विषयमा गहन छलफल हुने बताइएको छ । मे महिनाको १९ तारिख आइतबारका दिन …

पुरा पढ्नुहॊस »

बजेटमाथिका सकारात्मक प्रतिक्रियाले थप उत्साहित छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको रुपान्तरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको दावी गरेका छन् । आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको बजेट छलफल कार्यक्रममा मन्त्री पुनले सवैका साझा सोचबाट मुलुकको अर्थतन्त्रको बृहत रुपान्तरण गर्ने गरि बजेट ल्याएको दावी गरे । उनले बजेटमा प्रतिपक्षी दलहरूको समेत सकारात्मक प्रतिक्रियाले आफू थप उत्साहित भएको धारणा राखे। सदनमा लगातार प्रतिपक्षीको विरोधका बजेट बजेट ल्याउन निकै गाह्रो अवस्था रहेपछि …

पुरा पढ्नुहॊस »

बिर्तामोडमा महिलाको हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ कालिका नगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे बिस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या …

पुरा पढ्नुहॊस »

सुर्खेत जीप दुर्घटनाका मृतकको परिचय खुल्यो

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका–३ का रहेका छन् भने एक जना दैलेख भैरवि गापा–४ का रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिकोट शुभकालिका–३ का तन्त बिक, नमराज बिक र बीरेन्द्र बिक रहेका छन् । भैरवि गापा–४ का महेन्द्र शाही …

पुरा पढ्नुहॊस »

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडिओसहित दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन दुईजना कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएकाे छ । सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हाे । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds