समाचार

जेठ १९ अर्थात् राजा वीरेन्द्रको वंशनाश भएको दिन

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंशनाश भएको जेठ १९ को नमिठो …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

पुरा पढ्नुहॊस »

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्यमा १० जना सदस्य थपेका हुन्। मनोनयन भएका सदस्य १. खगेन्द्र आचार्य, काठमाडौं २. विस्वामित्र रिजाल, सर्लाही ३. अशोक कुमार साह, सिराहा ४. …

पुरा पढ्नुहॊस »

प्रचण्डको ब्रिफिङ- सत्ता गठबन्धन भत्किँदैन, माधवजी बुढानीलकण्ठ गएको जानकारी थियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन तत्काल नभत्किने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले गठबन्धन नभत्किने ‘ब्रिफिङ’ गरेका हुन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले सुनाए, ‘गठबन्धनमा कुनै समस्या आउँदैन । बाहिरको अनावश्यक चर्चा भइरहन्छन् । तर, सरकार आफैं ढंगले अघि बढ्छ ।’ उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नगएको सांसदहरूलाई सुनाए । ती सांसदका अनुसार बैठकमा …

पुरा पढ्नुहॊस »

होमवर्क नगरेको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपिट, शिक्षक पक्राउ

काठमाडौं । इटहरीमा विद्यार्थीले ‘होमवर्क’ नगरेको भन्दै एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । इटहरी १६ स्थित शिक्षादीप बोर्डिङ स्कुलमा ९ कक्षामा अध्ययनरत अंशल बुढाथोकीलाई शिक्षक पूर्णप्रसाद पोखरेल (पीपी)ले बुधवार निर्घात कुटपिट गरेका हुन् । १४ वर्षीय बुढाथोकीलाई पोखरेलले शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको पीडित परिवारले बताएका छन् । पीडित बालकका ठूलोबुवा राजन बुढाथोकीका अनुसार गणित विषयको ६ वटा प्रश्न दिएर होमवर्क गर्न लगाएको र पाँच वटा मात्रै …

पुरा पढ्नुहॊस »

तराईमा रेकर्ड ब्रेक गरेको गर्मी तत्काल नघट्ने

काठमाडौं । पश्चिम तराईका जिल्लामा गर्मीले रेकर्ड ब्रेक गरिरहेको छ । बिहीबार बाँकेको नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ दशमलव २ सेल्सियस मापन भएको हो । उनका अनुसार बिहीबार साँझ ५ः४५ बजे लिइएको रिडिङमा उक्त तापक्रम मापन …

पुरा पढ्नुहॊस »

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ, साढे ८ अर्ब अपचलन गरेको आरोप

काठमाडौं । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा पशुपति सेभिङ एण्ड क्रेडिटको समेत सञ्चालक हुन् । लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ …

पुरा पढ्नुहॊस »

नेपालगन्ज जाँदै गरेको बस पट्टा भाँच्चिँदा पल्टियो, २० जना घाइते

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । मनहरी गाउँपालिका-९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ नम्बरको बस दुर्घटनामा परेको हो । घाइते ११ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो …

पुरा पढ्नुहॊस »

अटोरिक्सासँग ठोक्किँदा बाइकमा सवार दुई युवाको मृत्यु

काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका-४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइकलमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । बिहीबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति ९ बजेतिर मृत्यु भएको हो । दाङ तुलसीपुर २ …

पुरा पढ्नुहॊस »

सिभिल अस्पतालले माग्यो १२८ कर्मचारी (सूचना)

काठमाडौं । निजामती कर्मचारी अस्पतालले नवौँदेखि चौथो तहसम्मका विभिन्न पदमा १२८ जना कर्मचारी मागेको छ । शुक्रबार विज्ञापन सार्वजनिक गर्दै अस्पतालमा रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालले सिनियर रजिस्ट्रार, रजिस्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायकलगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । इच्छुक र तोकिएको योग्यता …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds