सर्पले डसेर ओच्छ्यानमा सुतिरहेका बालकको मृत्यु

काठमाडौं । मोरङमा सर्पले डसेर एक बालकको ज्यान गएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा घरभित्रै ओछ्यानमा सुतिरहेका ११ वर्षीय प्रान्जल राउतको मृत्यु भएको हो ।

मंगलबार राति ११ः५५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार गम्भीर घाइते अवस्थाका बालकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बुधबार बिहानका राति १ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए ।

उनका अनुसार बालकलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन छैन । तर, उपचारमा संलग्न चिकित्सकले पनि सर्पकै टोकाइबाट मृत्यु भएको जानकारी दिएको उनले बताए । बालकको टाउकोमा सर्पले टोकेको चोट रहेको उनको भनाइ छ । मृतक बालकको शव अभिभावकले बुझेर लगेका छन् । डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनले गर्मीका समयमा सर्पको बिगबिगी बढेका कारण सावधानी अपनाउनु पर्ने पनि बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds