स्वास्थ्य

अपडेट :पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि

लतिलपुर । पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि  भएको छ ।सोमबार मृत्यु भएका  धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको  नतिजा नेगेटिभ आएको हो । उनलाई ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।

पुरा पढ्नुहॊस »

घरमैं रहनुहोस्, सुरक्षित रहनुहोस् !

कोरोना भाइरसको प्रकोपले विश्वभर त्रास बढ्दै गइरहेको छ । यो भाइरसका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । व्यापार तथा व्यवसाय सञ्चालन हुन सकेका छैनन् । कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउन भएपछि पत्रिकाहरु ध्माधम बन्द हुँदैछन् । रेडियो, टेलिभिजन र अनलाइन मिडियाहरु हाल सञ्चालित छन् ।यस्तो विषम परिस्थितिसँग जुध्नका लागि हामी हाम्रा, ग्राहक, विज्ञापनदाता, शुभचिन्तक लगायत सम्पूर्णमा आग्रह गर्दर्छौं । स्वास्थ्य नै सबैथोक हो । घरमैं …

पुरा पढ्नुहॊस »

कोरोना प्रकोप : विश्वभर मृतकको संख्या ३४ हजार नजिक, स्पेनमा एकैदिन ८३८ को मृत्यु

काठमाडौं । कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ । अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ …

पुरा पढ्नुहॊस »

चौधरी फाउन्डेसनले सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री प्रदान गर्यो

काठमाडौं ।  चौधरी फाउन्डेसनले  सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । फाउन्डेसनले प्रदेश तथा अस्थायी कोरोना सेन्टर विराटनगर, मेची अस्पताल भद्रपुर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान  र उदयपुर जिल्ला अस्पतालमा सुरक्षा सामग्री (पीपीई) वितरण  गरेको छ । प्रदेश २मा जानकी मेडिकल हस्पिटल, जनकपुर , प्रादेशिक केन्द्र अस्पताल जनकपुर, स्वाप परीक्षण प्रयोगशाला …

पुरा पढ्नुहॊस »

इटाली : १०२ वर्षीया महिलाले जितिन् कोरोना

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १०२ वर्षीया वृद्धा निको भएर घर फर्केकी छिन् । सीएनएनका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने जेनोआ सहरी १०२ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएर घर फर्केकी हुन् । २० दिनसम्म अस्पताल बसेर इटालिका ग्रोन्डोना ठिक भएकी छन् । ‘हामीले उनलाई ‘हाइल्याण्डर’ उपनाम दिएका थियौं । यसको अर्थ हो ‘अमर’, ती महिलाको उपचारमा संलग्न सान मार्टिनो अस्पतालका चिकित्सक डा. भेरा सिबाल्डीले भने, ‘यो …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमित अभिनेता मार्क ब्लमको निधन

काठमाडौं । विश्वभर महामाहरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट अमेरिकन अभिनेता मार्क ब्लुमको ६९ उमेरमा निधन भएको छ ।उनको न्युयोर्क प्रेस्बिटेरियन अस्पतालमा निधन भएको हो । अमेरिकामा हालसम्म  कोरोना भाइरसबाट१३ सय १ जनाको मृत्यु भई सकेको छ । कोरोना भाइरसका कारण विश्वभर हालसम्म  २४ हजार १ सय ४५  जनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहॊस »

व्यवसायी दीपक मल्होत्राले बेच्न थाले मास्क

काठमाडौं ।  कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले  सहुलियत दरमा   स्वास्थ्य सेवा विभागलाई पचास हजार थान मास्क विक्री गरेका छन्  । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन्। भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ ल्याएर मास्क उत्पादन सुरु गरेका हुन्। साथै  उनले उत्पादन गरेका माक्स  केही निजी अस्पतालहरूमा पनि वितरण गरिएको मल्होत्राले बताए ।

पुरा पढ्नुहॊस »

कोरोना भाइरसबाट बच्ने उपायहरु

कोरोना भाइरसबाट बच्ने उपायहरु ► कुनै व्यक्ति , वस्तु वा समानछुनु पहिले र पछि साबुन पानीले राम्रोसँग हात धुने ।  ► खोक्दा वा हाछ्युगर्दा नाक र मुख कुहिनो वा टिस्यु पेपरले छोप्ने ।  ►फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्र्पकबाट टाढा रहने । ►जगंली वा घरपालुवा पशुपन्छीहरुसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । ► सकेसम्म मासु नखाने । ►ज्वरो,रुघा र खोकी तथा स्वासप्रस्वासमा समस्या आएमा नजिकैको चिकित्सकमा गएर परामर्श लिने । …

पुरा पढ्नुहॊस »

कोरोना प्रकोप : इटालीमा एकैदिन ६२७ को मृत्यु, विश्वभर मृतकको संख्या ११ हजार नाघ्यो

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण झन् बढ्दै गएको छ । विश्वका १८५ देशमा फैलिएको कोरोनाबाट २ लाख ७५ हजार ७ सय ४१ जनामा संक्रमण देखिएको छ । भाइरसका कारण हालसम्म ११ हजार ३ सय ९७ जनाको मृत्यु भइसकेको छ । यस्तै ९१ हजार ९ सय १२ जना उपचारपछि निको भएका छन् । शुक्रबार र शनिबार बिहान मात्रै विभिन्न ८६ देशमा गरेर ३० हजार ८ सय ८ …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा आज एक ६४ वर्षीय पुरुषको मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको बीबीसीले उल्लेख गरेको छ । भारतमा यसअघि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।भारतमा अहिलेसम्म १२८ जनामा कोरोना संक्रमण देखिएको छ र त्यसमध्ये ३६ जना महाराष्ट्रका मात्रै रहेका छन् ।

पुरा पढ्नुहॊस »
This will auto close after